भावनाको “माया बस्ला फेरी” म्युजिक भिडियो बजारमा

दैलेखकी चेली भावना आचार्यको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । नजर जुध्यो, दिमागले काम छोड्यो, ढुक ढुक गर्दै मुटुले ठाम छोड्यो, पूर्व बग्यो सुनकोसी, पश्चिम बग्यो भेरी, ओइ माया नमुस्काउ त्यसरी मैलाई हेरी हेरी, कोमलो मन पग्ली हाल्छ माया बस्ला फेरी बोलको निकै चर्चीत गित अहिले बजारमा चर्चा पाउन सफल भbhawana 3एको गितमा गनिन्छ । काठमाण्डौंलाई कर्मथलो बनाएकी दैलेखी चेली भवना आचार्यले यस अघि थुप्रै गितहरुमा स्वर दिइसकेकी छिन् । उनले म्यूजिक भिडियोमा अभिनय गरकी छिन् ।

bhawana 4

पछिल्ला दिनहरुमा चर्चीत मोडलेको उपमा पाउँदै गएकी भावनाले कला क्षेत्रमै आफ्नो भविष्य उज्जवल हुने भन्दै त्यसतर्फ आर्कषण बढेको प्रतिक्रिया दिएकी छन् । नयाँ गितको स्वर भावना आचार्य आफैले भरेकी छन् उनलाई रामजी खाणले साथ दिएका छन् । गितको लय शब्द शिव ढकालको रहेको छ । विन्ध्यावासिनी म्यूजिक प्रा.ली.ले बजारमा ल्याएको उक्त म्यूजिक भिडियोमा बाबु थापा र भावना आचार्यको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार