
जन्म थलो धादिङ र कर्म थलो लण्डन बनाएर बसेका दिपक थापा नेपाली गीत संगीतलाई माया गर्दै आफ्ना थुप्रै गीतहरु बजारमा ल्याएका छन् । . सानै देखि गीत संगीतलाई माया गर्ने गाउँ, टोल र सहरमा हुने विभिन्न कार्यक्रममा आफ्नो प्रतिभा देखाउदै आएको र हाल विदेशी भूमिमा रहँदा पनि नेपाली गीत संगीत लाई माया गदै आएका र उनले पछिल्लो समय घुम्नलाई जाउ पाए दैलेख बजार खालका गीत बजारमा ल्याएका छन । उनी नेपाली सेनामा कार्यरत रहदाँ आफ्नो गीत संगीतलाई निरन्तरता दिने गरेपनि नेपाली सेनाको जागीर छोडेर बिदेशीएका उनले नेपाली गीत संगीत लाई भने माया मारेका छैनन् । दिन भरी काममा ब्यस्त हुने उनी साझ बिहना बचेको समयलाई सदुपयोग गर्दै गीत संगित रचना गर्ने गरेका उनी श्रोता माझ थुप्रै गीत बजारमा ल्याउने तयारीमा रहेका छन दिपक थापा । उनले यस अघि दोलखा जिल्ला, ईन्टरनेट, जस्ता विभिन्न प्रकारका गीतहरुमा आफ्नो सिर्जना गरी सकेका छन । नारीहरु को महान चार्ड हरीतालिका तिज को अबसर पारी सिङ्गापुरे सारी बजारमा भर्खर मात्र ल्याएका छन । गीतमा भने प्रस्तोतकर्ता र स्वर हेमराज अधिकारी, नविन परियार, मनकुमारी सुनार, को रहेको छ । शिव दर्शन फिलिम्स प्रा.लि.बाट बजारमा ल्याएको केही दिनमै राम्रो चर्चा पाएको थियो । यहि कारण उनी थुप्रै कार्यक्रममा जर्जको भूमिका समेत निर्वाहा गरेका थापाले पछिल्ला दिनहरुमा पनि स्रोत र दर्शककको माया पाए थुप्रै कोशीले बजारमा ल्याउने तयारीमा छन । गीत संगित लाई माया गर्ने बिराज तामाङ, कास्की जिल्ला लेखनाथ नगरपालिका १ भण्डारढिक गाउँमा जन्म भई हाल रोजगारीको शिलसिलामा विगत चार वर्ष देखि कुबेतमा रहेर पनि नेपाली गीत संगितलाई माया गदै आएको र शब्द संगित र स्वर आफै गर्न सक्ने र विभिन्न किसिमको बाजाहरु बजाउन सक्ने क्षमता भएकोले पनि यस्ता थुप्रै कार्यक्रमहरुमा आफ्नो भूमिका हुने थापाले बताए । उनी जस्तै मोरङ जिल्लामा जन्म भई रोजगारीको सिलशिलामा हाल मलेसियामा रहेका उमेश के.सी.ले आफ्नो एल्वम् निकाल्ने तयारीमा रहेको बताएका छन । दिपक थापाले आफ्ना प्रस्तुतीलाई माया गरे आगामी दिनमा पनि त्यस्ता सांगीतीक कोशेली श्रोता माझ ल्याउने तयारी गरेका छन ।






