निर्वाचनको माहोल तातिदै गएको छ । अहिले नेताहरु जनताकोमा मत माग्न घरदैलो गरिरहेका छन् । घरदैलो अभियानमा होमिएका प्रभावसाली यूवा नेता एवं कानुनी विश्लेषकः धर्मराज रेग्मी सँग आजको बिशेष अन्तरवार्तामा सहकर्मी नविन रिजालसँग गरिएको यो कुराकानी । कति बर्षको हुनुभयो ?अहिले ३५ वर्षका भए, दैलेखको मेहतोलीमा जन्मेका बुवा चन्द्र रेग्मी आमा खगिसरा रेग्मीको एक्लो छोरा हुँ ? वुवा १३ वर्षको उमेरमा बित्नुभो आमा आफु १७ वर्ष भएको वेला बित्नु भो ? सानैदेखि संघर्ष गर्नुपर्ने भाग्य भएकोले पनि संघर्ष गर्न अहिलेसम्म लागिरहेको छु । उनी अहिले क्षेत्र नं. १ प्रदेशको (क) बाट माओवादी केन्द्र र वामपन्थीको साझा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।
दैलेखको (क) अन्तर्गत भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका मेरो क्षेत्र पर्दछन् । निर्वाचनको संघारमा हुनुहुन्छ गठबन्धनको कुरा खासमा के हो ?अवको निर्वाचनमा हाम्रो मूल कुरा भनेको वामगठबन्धनलाई देशव्यापी रुपमा बलियो बनाउदै लाने हो, नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा लिने । स्थानीय राज्य सत्ता निर्माण गर्ने । यो नौ नौ महिनामा सत्ता चयन हुने र देशको आर्थिक समृद्धिको लागि देशमा स्थायी सरकार जरुरी छ यस्कै लागि वामगठबन्धन गरिएको हो । तपाई ढुक्क हुनुस् हामि जित्छौं छोटो समयमै देश समृद्ध बन्छ । तपाईको राजनीति कसरी सुरु भयो ?विद्यार्थीकाल देखिनै राजनीतिमा लागेको हुँ र २०५१ अनेरा स्व.वि.यु. छैठौंको सदस्यता लिएँ । इकाई समिति, जिल्ला समिति, क्षेत्रीय समिति हुँदै मसालको केन्द्रीय समितिमा काम गरे । तत्कालिन माओवादीमा प्रवेश गरी काठमाण्डौंको नेवार समितिमा रहेर काम गरेको र अन्तर्राष्ट्रिय विभागमा रहेर काम गरे, केन्द्रीय कानून विभागमा रहेर काम गरे, पार्टीको महाधिवेशनमा आयोजक समितिको सदस्य हुँ । संविधान निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने कानूनी विध हुँ । कानून कार्यान्वय सँगै जनताको घरदैलोमा कानूनका कुरा पु¥याउनु पर्ने आवश्यकता अहिले देखिएको छ । जनताले अहिलेको चुनावमा मतदान गरी विजयी गराएमा कानुनका कुरा गाउँ वस्ति सम्म पु¥याउनु अझ सहज हुनेछ । देशमाछरिएर रेहेका कम्युनिष्टहरुलाई एक ठाउँमा नल्याए सम्म शहिदका सपनाहरु पनि पुरा नहुने र जनताका सपना पुरा नहुने अवस्था छ । १० वर्षे जनयुद्ध झापा विद्रोहका शहिदहरुको सपना पुरा गर्न पनि वामगठबन्धन गर्नु परेको हो । वामगठबन्धनबाट चुनावमा गयौं भने देशमा ५ वर्ष सम्म ढुक्क भएर स्थायी सरकार रहन्छ । यसले गर्दा खाडी मुलुकमा गएका युवाहरुले कठिन पूर्ण जीवन विताउनु पर्दैन देशमै रोजगारी सृजना गर्न गर्न सकिन्छ , यसका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कलकारखाना, उद्योगधन्दाहरु निर्माण हुन्छ । खानी, पानी लगायत देशमा रहेका अथाह स्रोत साधनको सदुपयोग हुन्छ । समाजवादमा पुग्न लाई यसरी आर्थिक विकास नगरे सम्म पुग्न सकिदैन । जनता बिकासको पर्खाईमा छन् चुनाव जीतेपछि तपाँईको योजना के हुन् ? मेरो क्षेत्रमा तीन वटा गाउँपालिका छन् यस क्षेत्रमा लामो समय देखि काम गर्दै आएको हुँ । छविका हिसावले म स्वच्छ छविको हुँ । सबै मतदाताहरुलाई म भन्न चाहान्छु तपाईको भविष्य भनेको हामि युवा हौं । गाउँपालिकाले परिवर्तन खोजेको छ , नगरले परिवर्तन खोजेको छ, जिल्लाले परिवर्त खोजेको छ , देशले परिवर्तन खोजेको छ । यो पर्देशमा हाम्रो सरकार हुन्छ त्यसैले हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । सडकका संजाल सम्पूर्ण रुपमा जोडिने छ । सुर्खेत देखि दैलेख सम्म जोड्ने बाटो फराकिलो बनाइने छ । लोहोरे हुँदै वेस्तडा र जगनाथ जाहाकोट सम्म जानेबाटो पातिकाल्ला सेरी हुँदै तल्लो डुङ्गेश्वर सम्म सडक छ त्यसलाई फराकिलो हुँदै स्तर उन्नती बनाइनेछ । रातानाङ्गला , धरमपोखरा, कचाली हुँदै जाजरकोट जाने सडक जोडिने छ । तलपट्टी मध्यपहाडी र माथिमाथि लिङ्क रोडहरु हुनेछन् । जाजारको, कचली धरमपोखरा हुदै तल्लो डुङ्गेश्वर कर्णाली जाने लिङ्क जोडिने छ । शिक्षाक्षमा , स्वास्थ्यमा अहिले सम्म लगानी गर्न सकिएन त्यसमा लगानी गर्न सकियो भने, कृषि, पर्यटन, फलफूल, जल, जमिन, सम्पूर्णमा विकास गर्न सक्छौं । सरकार निमार्ण गरेको २ वर्ष भित्रै दैलेखलाई सबै भन्दा बढी बजेट आउने जिल्ला बनाउन सकिन्छ । युवामा, महिलामा यहाँ भएको उत्पीडित वर्ग, स्रोतसाधनहरुमा लागानी गरियो भने दैलेखलाई समृद्ध जिल्ला वनाउन सकिन्छ ।अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?सर्वप्रथम धमाका दैनिक सँगै तपा
ँईलाई धन्यावाद, आम जनतालाई मेरो एउटा मात्र आग्रह छ देश आर्थिक रुपमा सम्पन्न गर्नका लागि हामीलाई मतदान गर्नुहोस् हामि तपाँईका सवै समस्या समाधान गर्ने छौं ? यो हाम्रो प्रतिबद्धता हो । धन्यवाद ।।।।।







