धमाका संवाददाता
मंसिर २, दैलेख
२०६४ को संविधान सभाको निर्वाचनमा झिनो मतले पराजीत भएका एमाले दैलेख पूर्व अध्यक्ष अम्मर थापा दोस्रो संविधान सभाको निर्वाचनमा काँग्रेसका उनै प्रतिस्पर्धी गणेश बहादुर खड्कालाई पराजीत गर्दै २०७० मा निर्वाचित भए । आफु प्रदेश सभाका उम्मेदवार नबन्ने सोच भएका उनलाई पार्टी केन्द्रले प्रदेश सभाको उम्मेदवार बनाए पछि निवार्चनमा मत माग्न मतदाताको घरमा ब्यस्त भएका थापा संग धमाका दैनिकका कार्यकारी सम्पादक कमल शर्माले गरेको कुराकानी
तपाईले आफ्नो जित्ने आधार के हो ? जितको आधार भनेको बामगठबन्धन , संविधान निर्माणमा महत्वपूर्ण भूमिका र जिल्लाको विकासका लागि गरेको विकास निर्माणका काम नै प्रमुख हो । लामो समय देखि राजनीतिमा सक्रियताका साथ लागेको र जिल्लाको विकास निर्माणमा खेलेको भूमिका नै प्रमूख आधार हो ।
तपाई जनताको बीचमा जादाँ कस्तो प्रक्रिया पाउनु भएको छ ?
यो निर्वाचनमा जनताको उत्साहा निकै छ नेपालमा कम्युनिष्ट पार्टी एक हुन भन्ने आम कार्यकर्ता र नेताको चाहाना थियो । त्यो अहिले आएर बामगठबन्धन निर्माण भएको छ । जनताले पनि चाहेको भनेको एक पटक बामगठबन्धनलाई बहुमत प्राप्त गर्लान र देशमा केहि परिवर्तन होला सोचेका छन । चुनावमा मत माग्न जाँदा उहाँको उत्साहाले थप उर्जा प्रदान गरेको छ । नेकपा एमाले सरकारमा जाँदा गरेका लोकप्रिय कामहरुले गर्दा पनि जनताको आर्कषण बढ्दो छ । त्यसले गर्दा निर्वाचनमा सहजै जितिन्छ भन्ने हो जनताले एक पटक बामगठबन्धनले विकास गर्छकी भन्ने र जनताका आधारभूत आवश्यकता पूरा गर्ने सक्छ भनेर मतदान गर्ने बताइरहनु भएको छ ।
जिल्लाको विकास निर्माणका लागि एजेण्डा के हुन ?
जिल्लाको विकास निर्माणको कुरा गर्ने हो हाम्रो पर्टीको केन्द्रको घोषणा पत्र र जिल्ला पार्टीले बनाएको घोषणा पत्र अनुसार हामीले काम गर्ने हो । सबै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, सबै तहमा प्राविधक शिक्षाका लागि कृषि क्याम्पस स्थापना गर्ने , हरेक वडामा नमुना सार्वजनिक शौचालय र हाम्रा र राम्रा स्कूलको अवधारणा अगाडी बढाउने, फलफूल तरकारी खेती, कृषि उपजको लागि अर्गानिक पकेट क्षेत्रको निर्धारण गरि घोषणा गर्ने, सुर्खेतको काँक्रेबिहार देखि दैलेख पञ्चकोशि क्षेत्र महावु हुदै रारा मानसरोवर भएर जाने राजमार्गलाई अन्तर्राष्ट्रिय सिल्क रोडको अभिन्न अंगको रुपमा विकास गर्ने, हरेक स्थानीय तहमा बाह्रै महिना सडक संचालन गर्ने , दैलेख खण्डमा पर्ने कर्णाली राजमार्ग, प्रशासनिक राजमार्ग मार्ग सुर्खेत दुल्लू रारा नोक्चे नाग्ला सुर्खेत महावु नाक्चेनाग्ला जोड्ने प्रादेशी सडक मध्य पहाडी राजमार्गलाई यथासिघ्र पूरा गर्ने , दैलेख जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने, दुल्लू अस्पताललाई ७५ र हरेक स्थानीय तहमा २५ शैयाको अस्पताल निर्माण गर्ने, हरेक स्थानीय तहमा एक प्राकृतिक चिकित्सालय योग ध्यान तथा परामर्श केन्द्र स्थापना गर्ने कृषि पर्यटन जलविद्युत र साना उद्योगमा आन्तरिक र बाह््य लगानी परिचालन गरि उद्यम शिलता विकास गर्ने, पञ्चकोशी धार्मिक पर्यटन मार्गका साथै बिजारे देखि महावु क्षेत्रमा पर्या पदैल मार्ग विकास गर्ने, जिल्लामा रहेका पुरात्वतिक महत्वका मठ मन्दिर पार्टी पौवा र पुर्न निर्माण गरि मनोरञ्जन केन्द्रको रुपमा विकास गर्ने, दैलेख हरियाली अभियान अवलम्वन गर्ने , कर्णाली नदिमा ¥याफ्टिङ र पञ्चकोशी चक्रपथ र कोटिलाको दक्षिण भागमा मानव निर्मित ताल निर्माण गर्ने गाउँ गाउँमा सहकारी र घर घरमा रोजगारी नारालाई प्रथामिकता दिइने छ । दैलेख जिल्लामा निर्माणधिन माथिल्लो कर्णाली जल विद्युतमा स्थानीयको शेयरका लागि ब्यबस्था मिलाईने, अगामी पाँच वर्ष भित्र ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न खानेपानीको ब्यवस्था मिलाइने, छाउँपडी चेलीबेटी बेच बिखन छुवाछुत जस्ता समाजिक कुस्कारलाई अन्तयका लागि जागरण अभियान संचालन गर्ने युवालाई खेलकूदका लागि खेल मैदान कर्वडहल पार्क मनोरञ्जनालय स्थापना गर्ने जिल्लाको साँस्कृतिलाई बचाएर राख्न साँस्कृतिक महोत्सव लगाइने छ । युवाहरु लागु पदार्थ दुव्र्यबहार कुलतबाट रोक्नका लागि बिभिन्न मनोबिर्मश जस्ता कार्यक्रम संचालन गर्ने, युवाको क्षमता अनुसार उनीहरुलाई रोजगारी र प्रोत्साहान जस्ता कार्यक्रम संचालन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था , भष्ट्रचार अन्त्यका लागि शुसानका कार्यक्रम संचालन गर्ने , जिल्लामा रहेका भूमिहिन र सुकुमवासीको व्यबस्थापनका लागि आवश्यक नीति अवलम्बन गरिने, जिल्लालाई लोडसेडिङ्ग मुक्त गर्नका लागि आवश्यक पर्ने सबै तहमा विद्युतीकरणका लागि साना जलविद्युत निर्माण गर्ने , जस्ता थुप्रै एजेण्डा प्रथामिकताका साथ अगाडी बढाइएको छ ।
अन्त्यमा आम मतदातालाई के भन्नु हुन्छ ?
अन्त्यमा आम जिल्ला बासी र क्षेत्र बासी आम मतदातालाई मंसिर २१ गते हुने निर्वाचनमा भाग लिई आफ्नो मतलाई सदुपयोग गर्न आग्रह गर्दछु । राजनीतिक स्थिरता हुन नसक्दा देशले विकासको फड्को मार्न सकेको छैन । राजनीतिले देशलाई अन्यौलको भूमरीबाट हटाउनका लागि यो निर्वाचनमा बामगठबन्धन निर्माण भएको हो । जिल्लाको विकासका लागि दैलेख जिल्लाका ४ प्रदेश सभा र २ प्रतिनिधि सभाका उम्मेदवारलाई बिजयी गराउन अपिल गर्दछु । यहाँको अमूल्य मतले बामगठबन्धनको बहुमत प्राप्त ग¥यो भने पक्कै पनि देशलाई सम्मृद्धिको बाटोमा लैजानका लागि मार्ग प्रशस्त हुने कुरामा कसैले पनि दुविधा हुने छैन । आम दैलेख बासी दाजभाई दिदि बहिनी आमा बुवा सबैलाई बामगठबन्धनको निर्वाचन चिन्हमा मतदान गरी अत्याधिक मतले बिजयी गराउन अनुरोध गर्दछु ।







