जनताले राजनीतिक रुपमा विकल्प खोजेका छन् ःकिशोर सिंह 

 
धमाका संवाददाता
 मंसिर १४, दैलेख
तपाई निर्वाचनमा जाँदा मुख्य एजेण्डा के हुन ?संविधान कार्यान्वय, राजनैतिक स्थिर वैज्ञानिक शिक्षा,पर्यटन प्रर्वदन हाईड्रो हव जस्ता बिषय नै मुख्य एजेण्डा हुन । जनताका माझ जाँदा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?जनतामाझ जाँदा राम्रो प्रतिक्रिया पाएको छु । जनताले नेपालका ठूला राजनैतिक शक्तिबाट जुन अपेक्षा गरेका थिए त्यो हुन सकेन र राजनैतिक रुपमा बिकल्प खोजेका छन् । त्यो भनेको एकिकृत राष्ट्रिय  पार्टी राष्ट्रवाद हो  । जनताबाट पनि राम्रो माया पाएको छु । तत्कालका लागि जिल्लामै बसेर भेटघाटमा ब्यस्त छु । गाउँ जाने तयारीमा छु । अन्य दलले कार्यक्रम सकाएपछि आफु कार्यक्रम र आफ्नो घोषणा पत्र लिएर जान्छु । जिल्लाको विकासका लागि तपाईका एजेण्डा के छन ?पहिला त दैलेख जिल्लाको सदरमुकामको बस्ती विकास गर्नु पर्छ । सामान्य गाडी बाहेक अन्य ठूला गाडीहरु बजार भित्र पस्न सकदैनन् । प्राविधिक र वैज्ञानिक शिक्षा र ब्यवहारिक शिक्षा प्रणाली सुरु गर्ने पहिलो काम हुनेछ । जिल्लामा रोपवे निर्माण गरि नमूना बस्तिका रुपमा विकास गर्नु पर्छ । पानीका मुहानको सदुपयोग गरि सिचाईको ब्यवस्थापन गर्नु पर्छ । लोहोर र छामघाट खोलाबाट फिस फोड बनाई सिचाईको ब्यवस्था गर्ने, दैलेख जिल्ला पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्यारागलाडिङ्ग क्षेत्रमा उपयुक्त क्षेत्रको पहिचान गर्ने,जिल्लाका सडकको स्तर उन्नती गर्ने ,संवैधानिक        राजसंस्था कायम गर्ने, जिल्लाको विकासका लागि अन्य पूर्वाधारहरु निर्माण गर्ने युवाहरुको मागलाई ध्यानमा राखी आवश्यक पर्ने खेल मैदानको ब्यबस्था गर्ने मुख्य एजेण्डा हुन । तापइको पार्टीले राजसंस्था कायम राख्ने भन्यो यो सम्भव छ ?यो सम्भव छ । मुलुकमा थुप्रै आन्दोलन भए । ती आन्दोलन सत्तामा जानका लागि र आफु बन्ने मात्र भए । नेपाली जनता अव बुझने भइसके जनता संवैधानिक राज संस्थाका पक्षमा ढिला चाडो त्यो बाटो समात्छन् भन्ने नै हो । राजैनितक स्थिरता हुन नसक्दा देशमा भ्रष्टचार मौलाएको छ । त्यसको अन्त्य गर्नका लागि पनि जनताले आफ्नो पार्टीलाई मत हाल्छन । अन्त्यमा मतदातालाई के भन्नु हुन्छ ? अन्त्यमा सबै आम दैलेखी मतदातालाई आग्रह गर्न चाहान्छु । मुलुकको विकास र समृद्धिका लागि सबै मतदाताले आफ्नो मतको सदुपयोग गर्दै आफ्नो पार्टीलाई मतादन गर्न आह्वान गर्न चाहान्छु ।
किशोर कुमार सिंह     प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ उम्मेदवार     एकिकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी राष्ट्रवाद

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार