
वैशाख १४, दैलेख
भगवतीमाई गाउँपालिका वडा नं. ६ कि द्धन्द्धपीडित बालकुमारी खड्काले आँखाबाट आँशु झार्दै भनिन् कोही नहुनेको दैव हुँदो रहेछ अध्यक्ष बावु हजुरलाई हाम्रो आर्शिवाद लागोस् । तत्कालिन द्धन्द्धका समयमा माओवादी भएको आरोपमा बालकुमारीका श्रीमानलाई सरकार पक्षकाले निर्मम हत्या गरेका थिए । तीनवटा छोरा भएकी बालकुमारीले अहिलेसम्म सहित विद्यालयमा छोराछोरीको पठन पाठनका लागि पठाएको र गाउँमै सामान्य खेतीवाली गरेर जीवन गुजारा गरेको बताईन् । भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष दानबहादुर थापाले आफुले पाएको पारिश्रमिक रकम मध्येबाट ५० हजार रकम द्धन्द्धपीडित परिवारकी बालकुमारीलाई प्रदान गरेपछि रकम बुझ्दा उनका आँखाबाट आँशु झरे ।
उनिमात्र हैनन भगवतीमाई गाउँपालिका ५ की द्धन्द्धपीडित परिवारकै अर्कि सदस्य लक्ष्मी शाहीका छोरालाई चाटर एकाउन्टेन्ट सम्म अध्ययनका लागि सहयोग गर्नका लागि ५० हजार रकम अध्यक्षले प्रदान गरे । शारीरिक तथा मानसिक रुपमा अशक्त र अपाङ्ग भएका वडा नं. ३ का कालु खड्कालाई औषधी उपचार खर्च बापत १० हजार, दलित परिवारका जेहेन्दार विद्यार्थी मध्ये वडा नं. ७ का कक्षा १० मा अध्ययनरत मंगल बिकलाई १० हजार, दुवै मृगौला फेल भएर उपचारका क्रममा मृत्यु भएका वडा नं. १ का हस्तराज अधिकारीका छोराछोरीको पठन पाठनका लागि २० हजार, जिब्रोको क्यान्सर भएका गाउँपालिका वडा नं. ७ का पार्वती खत्रीका श्रीमानको उपचारका लागि २० हजार, शिव मन्दिरमा खानेपानी व्यवस्थापनका लागि १० हजार रुपैया गरेर कूल १ लाख ८० हजार रकम शनिवार गाउँपालिकामा कार्यक्रम गरेर अध्यक्ष थापाले हस्तान्तरण गरेका छन् ।

आर्थिक अभाव भएकै कारण घरमा टुक्कि समेत बाल्न नपाएका आपाँग कालु खड्काले १० हजार रकम बुझेपछि खुसी हुँदै भने “हामि जस्ता गरिवहरुका लागि यो निकै ठूलो सम्मान हो ।” श्रीमानको जीव्रोमा क्यान्सर भएका कारण उपचार गर्दा गर्दा रकम सकिएको छ २० हजार रकमले केही भएपनि सहयोग पुग्ने पार्वती खत्रीले बताईन् । आर्थिक सहयोग पाएका सवै परिवारले गाउँपालिका अध्यक्षलाई धन्यवाद दिदै गाउँपालिकाले गरेका राम्रा कामहरुको प्रसंशा समेत गरेका थिए । निर्वाचनका बेला गरेको बाचा पूरा गर्छु अनियमितता गर्दिन र अरुलाई पनि गर्न दिन्न ।
आर्थिक सहयोग कार्यक्रममा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले निर्वाचनका बेला जनतासमक्ष गरेका सवै बाचाहरु पूरा गर्ने अभियानमा लागेको बताए । मैले आफ्नो परिश्रमिक रकमले गाउँपालिकाभरी समस्यामा परेका गरिव, दलित, जेहेन्दार, द्धन्द्धपीडित परिवारलाई सहयोग गर्ने बाचा अनुसार काम गरेको बताए । उनले भने म अनियमितता गर्दिन्, अरुलाई पनि गर्न दिन्न समृद्ध गाउँपालिका बनाउने अभियानमा सवै राजनीतिक दल, नागरिक समाज र कर्मचारीहरुले सहयोग गर्नुपर्ने थापाको सुझाव थियो । सहयोगका लागि कोष निर्माण गरेर काम अगाडी बढाउने योजना भएको भएपनि नीतिगत रुपमा कोष खडा गर्न अँझै केही समय लाग्ने भएकोले पहिलो चरणमा १ लाख ८० हजार रकम सहयोग गरेको छु । पुनः कोषको व्यवस्थापन गरेर पाँच बर्ष सम्मको तलव गरिव र जेहेन्दारको सहयोगमा खर्च गर्ने थापाले जानकारी दिएका छन् ।






