
वैशाख ३१, दैलेख
तत्कालिन द्धन्द्धले समस्या पारेका पीडित परिवारका आँशु अहिलेपनि रोकिएका छैनन् । दैलेखमा ५७÷५८ सालदेखि द्धन्द्धले चर्को रुपमा लिएको पाईन्छ । तत्कालिन समयमा वेपत्ता पारिएका र मृतक परीवारका आफन्तहरु अहिलेपनि द्धन्द्ध सम्झदै बेला–बेला आँशु झर्ने गरेका छन् । जिल्लाकोे नारायण नगरपालिका ३ का लक्ष्मी अधिकारीलाई राज्य पक्षले २०५८ फागुन २३ गते जमुनाहा चौकी सिमानाबाट पक्राउ ग¥यो । उनी वेपत्ता हुँदा उनका छोरा शंकर अधिकारी ६ महिनाका थिए, अहिले उनि १९ बर्षका भएका छन् । २ वटा छोराहरुको जेनतेन पालन पोषण गरी वसेकी श्रीमति भविसरा अधिकारीलाई अँझै श्रीमान फर्केर आउँछन् कि भन्ने आशा भने मनमा कायमै रहेको बताउँछिन ।
उनले गहभरी आँशु पार्दै भनिन् छोरा ६ महिनाको हुँदा वेपत्ता पारीएका श्रीमान फर्केर आउँने आशा मनमा लिएर सन्तानको लालनपालनमा दिन विताई रहेकी छु । कहिले कहाँई छोराले पनि बाबा फर्केर आउँनु हुन्छ भनेर सान्तोना दिने गरेको छ । छोराको शान्तोना सुन्दा मन भक्कानिएर आउँछ । यकहोरो हुँदै आँखाबाट आँशुको मुलनै फुट्छ ।
द्धन्द्धकै बेला वेपत्ता पारिएकी छोरी बिर्मा नेपाली अँझै फर्केर आउने आशामा दिन बिताई रहेका बिर्माका बुवा किर्पा दमाई पनि छोरी आउँने आशामा प्रर्खेर वसिरहेका छन । उनलाई अँझै छोरी आउने आशा भने मनमा कायमै छ । तर अव छोरीसँग भेट नहुनेमा उनी ढुक्क भने छैनन्क ।
भगवतीमाई गाउँपालिका ६ कि द्धन्द्धपीडित बालकुमारी खड्का श्रीमानलाई द्धन्द्धकै वेला राज्य पक्षले वेपत्ता बनायो उनका चार जना सन्तान छन् । उनलाई आफु कसरी पालिने भन्ने चिन्ता त मनमै छ । बाल बच्चालाई राम्रो शिक्षा कसरी पढाउँने भन्ने चिन्ताले दिन रातै पिरोलि रहेको छ । साथमै आएका छोरा छोरी देखाउँदै उनले भनिन् यीनिहरुको बाबु भएको भए त जहाँगएर पनि कमायर पढाउँथे म महिलाले कहाँ गएर पढाउँ गरिबीका कारण राम्रो शिक्षा पढाउँने धोको मनमै छ ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले आफुले सरकारबाट पाउँने तलव दलित र द्धन्द्ध पीडितकलाई बाड्न आयोजना गरिएको पत्रकार सम्लेनमै आँखाबाट आँशु झार्दै भनिन् छोरा छोरी कसरी पढाउँ भन्ने चिन्ताले रात भरी निन्द्रानै लाग्थेन अब यो राहतले केहि महिना बाल बच्चालाई कापीकलम कीन्न राहतत होला ।
तत्कालिन द्धन्द्धका समयमा माओवादी भएको आरोपमा सोहिठाउँकी बालकुमारीका श्रीमानलाई सरकार पक्षकाले निर्मम हत्या गयो । श्रीमानको हत्या भएपछि तीनवटा छोरा छोरी भएकी बालकुमारी छोराछोरीलाई कसरी लालन पालन गर्ने भन्ने चिन्तमा पिरोली रहिन उनी भन्छिन् हराएको भएत फर्केर आउँनु हुन्छकी भन्ने आशा हुन्थ्यो मारी सके भनेर प्रमाणित नै भैइसको कसरी आशामा बसाँैै अहिले यि दिन सम्झीने हो भने आफुपनि उति वेलानै मरेको भए हुन्थ्यो जस्थ्योे लागेर आउँछ ।
उनले सहिद विद्यालयमा छोराछोरीको पठन पाठनका लागि पठाएको र आफुले गाउँमै सामान्य खेतीवाली गरेर जीवन गुजारा गरीरहेको बताउँछिन् ।
द्धन्द्धका वेला दैलेखमा वेपत्ता तिन जना छन भने १ सए ७० मारीएको र १ सय ६८ जना अँझै पनि घाईते अवस्थामा रहेका छन । घाईते र मृतकका परिवारले कसरी आफ्नो जीवन गुजारा गर्नेे, र आफ्ना बालबच्चाको लालन पालन पढाई लेखाई कसरी गर्ने भन्ने चिन्तामा छन । तर यस्ता बिषयहरुको भने अहिलेसम्म खोजी नभएको देखिन्छ ।
पहुँच भएका र केही टाँठाबाठाहरुले बिभिन्न बहानामा राहत र अन्य सुविधाहरु पाए तर पहुँच नभएका सोझा साझा पीडितहरु अहिले पनि पीडित अवस्थामै रहेको छन् । शरिर भित्रै छर्रा बोकेर बाचेका छौँ ः
भगवतीमाई गाउँपालिका द्धन्द्धपीडित तिलकप्रसाद अधिकारीको १५ वर्षसम्म उपचार नपाएर शरिर भित्रै छर्रा बोकेर बाचेको बताउँछन । २०५९ साल जेठ २९ गते रुकुमको खारामा दोहोरो भिडन्तमा परेर शरिरका बिभिन्न भागमा छर्रा बोकी रहेका छन । उनले भने शरिर भरी छर्रा बोकेर १५ वर्ष यता कठिन जीवन बिताउँदै आएको छु । न अहिले सम्म कसैले उपचारको लागी भनेर सहयोग ग¥यो न अब सहयो पाउँने आशानै छ । ति दिन सम्झेर बिरक्त लाग्ने गरेको छ । त्यो समय सम्झन मन पनि लाग्दैन द्धन्द्ध समाधान भएको वर्षाै बितिसक्दा पनि आफ्नो पीडा कम नभएको बताउँछन उनी ।
भगवतीमाई गाउँपालिका ४ घर भएका अधिकारी केही समय अगाडि सदरमुकाममा सानो तरकारी पसल गरेर परिवारका साथ बस्दै आएका थिय तर ब्यापार बाट पनि परीवार पाल्न धौ–धौ भएपछि उनि अहिले कामकै खोजिमा दैलेख सदर मुकामा भैतारीएको बताउँछन ।
उनी भन्छन् द्धन्द्ध पीडितका लागि भन्दै सरकारले केही सीपमुलक तालिम आयोजना गरेको थाहाँत हुन्छ भएर मात्र के गर्नु त्यो तालिम टाठा बाठा र पहुँच भएका लागि मात्र हुदोरहे छ ।
आफु नपढेको भए पनि श्रीमतिले १२ पास गरेको बताउने नी अहिले सम्म धेरै ठाउँमा कामको लागि धाए कसैले पनि केहि काम दिएनन् । पढेर मात्र हुँदो रहेनछ पहँुच पनि चाईने रहेछ ।
अहिलेपनि अधिकारीको खुट्टा र मुखमा गोलिका छर्रा भएको बताउँछन । शरिर भित्रका छर्रा बिझाउने समस्या मात्र हैन अहिले रातमा निन्द्रा नलाग्ने र उपचार गर्दा पनि छर्रा नभेटिने समस्या कायमै छ । उनले घाईते भएको विवरण स्थानीय शान्ति समितिमा बुझाएका मात्र छैनन् पटक–पटक उपचारका लागि माग गर्दा समेत सरकारले दिने राहत नपाएको बताउँ छन् ।
पेटमा र घाँटीमा रहेको छर्रा निकाल्नकै लागि २ वर्ष भारतमा गएर मजदुरी गर्दै उपचार गरे, भारतको अहमदावादमा सामान्य उपचार गर्न सफल भए तर पुनः काम गर्न नसक्ने अवस्था भएपछि घरमा फर्के, टाँठाँबाठाहरुले चोट नलागेको भएपनि घाईतेको बाहनामा लाखौ रकम राहतका नाममा बुझेका छन । तर हामी जस्ता बास्तविक पीडितहरु अहिलेसम्म पनि समस्यामै रहेको अधिकारीको गुनासो छ ।
एक वर्ष अघि नेपालगंजमा उपचार हुन्छ भन्दै हौसिएर गएका तीलकको मुखको देव्रे गालामा छर्रा छ भन्दै डाक्टरले चिरे तर छर्रा भेटिएन्न धेरै वर्ष पुरानो भएकोले राम्रो अनुसंन्धान पछि मात्र अपरेसन गर्नु पर्ने हो तर हेलचक्राई गरेकाले आफु झन समस्यामा परेको उनको भनाई छ ।
महावु गाउँपालिका ६ का टेकबहादुर २०६० सालमा रुकुमको खारामा भएको लडाँईमा होमिएका उनको पीडा पनि अधिकारीको जस्तै छ । शरीर भित्र १४–१५ वर्षदेखि छर्रा बोकेर बाच्नु परेको छ । टाठा बाठाले राहतको नाममा जिन्दगी बनाए आफु भने १४–१५ वर्ष सम्म उपचार नपाएर पीडामै बसीरहेका छाँै पीडितहरुको नाममा गैर पीडितहरुले राहत बुझेका छन । नत अहिले सम्म हाम्रो कुराको कुनै सुनुवाईनै भयो ।नत उपचार
राहत पाउँदा रोकीएनन्आँशु ः
भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफुले पाएको पारिश्रमिक रकम मध्येबाट ५० हजार रकम द्धन्द्धपीडित परिवारकी बालकुमारीलाई प्रदान गरेपछि रकम बुझ्दा उनका आँखामा आँशु रोकीएन्न राहत बुझ्दै उनले भनिन् कोही नहुनेको भगवान हुन्छन् भन्थे हो रहेछ । आज भगवान भेटाए जस्तै भएको छ । सोही गाउँपालिका ५ की द्धन्द्धपीडित परिवारकै लक्ष्मी शाहीका छोरालाई चाटर एकाउण्टेन्ट सम्म अध्ययनका लागि सहयोग पु¥याउने उद्देश्यले ५० हजार रकम अध्यक्षले प्रदान गरे । राहत पाएपछि शाहीले छोरालाई पढाउन केहि भएपनि सहयोग गरेकोमा धन्यवाद दिदै उनका आखामा आँशु थामिएन् ।
निर्वाचनका बेला
गरेको बाचा पूरा गर्छु ः
आर्थिक सहयोग तथा पत्रकार समेलन
कार्यक्रममा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले निर्वाचनका बेला जनतासमक्ष गरेका सवै बाचाहरु पूरा गर्ने अभियानमा लागेको बताए । मैले आफ्नो पारिश्रमिक वापत पाउाने रकम गाउँपालिकामा समस्यामा परेका गरिव, दलित, जेहेन्दार, द्धन्द्धपीडित परिवारलाई सहयोग गर्ने बाचा अनुसार काम गरेको बताउँदै । उनले भने म अनियमितता गर्दिन्, अरुलाई पनि गर्न दिन्न संमृद्ध गाउँपालिका बनाउने अभियानमा सवै राजनीतिक दल, नागरिक समाज र कर्मचारीहरुले सहयोग गर्नु पर्ने थापाको सुझाव थियो । सहयोगका लागि कोष निर्माण गरेर काम अगाडी बढाउने योजना भएको भएपनि नीतिगत रुपमा कोष खडा गर्न अँझै केही समय लाग्ने भएकोले कोषको व्यवस्थापन गरेर पाँच बर्ष सम्मको तलव गरिव र जेहेन्दारको सहयोगमा खर्च गर्ने थापाले बताए ।







