कसैले तह लगाएर कांग्रेस तह लाग्ने पार्टी होईनःथानी

जेष्ठ १९, दैलेख
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कांग्रेस पार्टी कसैले तह लगाएर नलाग्ने पार्टी भएको बताएका छन । नेपाली काँग्रेसले संचालन गरेको जागरण अभियान अन्तरगत दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आईतवार सभालाई उद्घाटन गर्दै कांग्रेसले प्रतिपक्षको भूमिका रचनात्मक तरीकाले खेलिरहेको बताए । निर्वाचनमा आफ्नो पार्टीलाई कसैले नहरायको र पार्टी भित्रको आन्रिक कलहका कारण हारे पनि निरासा महसुस नगरेको बताएका छन ।
जागरण अभियान कार्यक्रममा प्रमुख अथिति रहेका थानीले दुई तिहाईको सरकारले बहुमतको दम्भ देखाउँदैमा आफ्नो पार्टी नडराउँने बताए । केपी ओलीको सरकारले यो अबधिसम्म जनताको लागी केहि पनि नयाँ काम गर्न नसकेको आरोप समेत लगाए । जागरण अभियानमा पुर्व राज्य मन्त्रि गणेस बहादुर खड्का जिल्ला सभापति कृष्ण बहादुर वि सि लगाएतका नेताहरुले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार