बिपन्न समुदायलाई ‘आशाको’ आश


जेष्ठ २०, दैलेख
समाजमा अहिलेपनि यस्ता धेरै व्यक्तिहरु रहेका छन् जो व्यक्तिलाई सरकाले विकास दिन्छ, संविधान अनुसार आफ्ना अधिकार पाउनका लागि बोल्नुपर्दछ भन्ने बिषयमा निकै कम जानकारी छ । अहिले विश्व एकाएक प्रगतिका लागि लम्किरहेको छ । आफ्नो देशको प्रगतीका लागि गरिएका कामहरुले अन्य देशका नागरिकहरु कति समस्यामा छन् भन्ने बिषय खोजी गर्नुपर्ने र प्रगती गरेका मुलुकहरुका कारण समस्यामा परेका नागरिकहरुको राहतका लागि पनि बिभिन्न कार्यक्रमहरु लागु भएका छन् ।
यही सन्र्दभमा दैलेखमा जलवायु परिवर्तनको असरमा परेका विपन्न नागरिक र समुदायहरुको जीविकोपार्न सँगै जलवायु परिवर्तनका असरहरुसँग जुध्न सक्ने वातावरण तयार गर्न आशा परियोजना संचालन भएको छ । अहिले आशा परियोजनाको आश बिपन्न समुदायहरुले धेरै गरेका छन् ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अगुवाईमा पहाडि साना किसानका लागी अनुकूलन आयोजना (आशा) दैलेख जिल्लाको २ वटा नगरपालिका र २ वटा गाउँपालिकामा कार्यक्रम संचालित छ ।
आयोजनाले विश्वले हाल झेलिरहेको जलवायुु परिवर्तनका असरहरुको न्यूनिकरण गर्नका लागि नेपालका विभिन्न जिल्लामा संचालित छ । आयोजना लागु हुनु पूर्व बस्तिस्तरमा गएर बिभिन्न बिधि प्रयोग गरेर गरिव समुदायको पहिचान गरि सवैभन्दा पहिला गरिवको लागि भनेर कार्यक्रम संचालन गरिएको छ । सोही अनुसार सिँचाई कुलो, भकारो सुधार, खानेपानीका मुहान संरक्षण, धारा निर्माण जस्ता बिभिन्न गतिविधिहरु संचालन भएका छन् ।
अहिले कार्यक्रमको प्रभावकारीताका बारेमा स्थलगत रुपमा अनुगमन समेत गरिएको छ । आयोजनाको अनुुगमन जिल्ला समन्वय इकाइ दैेलेखका प्रमुुख प्रेम वहादुर थापा लगायतको टोलिले स्थलगत अनुगमन गरिएको छ ।
अहिले दुल्लू , चामुण्डाबिन्द्रासैनी नगरपालिका , भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका बस्ति तथा टोलहरुमा स्थानीय अनुकूलन योजनातयार गरि जलवायु परिवर्तनले सिर्जना गरेका विभिन्नप्रकोपहरु सँग जुुध्न र अनुकूलित हुुनकालागि वस्तिस्तरमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
वनमन्त्रालयले अगुुवाई गरेको यो कार्यक्रम विगत ४ वर्ष देखि संचालित छ । कार्यक्रमले सुक्दै गएका मुुहान संरक्षण, विपन्न तथा जलवायुु परिवर्तनको उच्च जोखिममा रहेका समुुदायको लागि खानेपानि निर्माण, सिचाईको अभाव भएका स्थानमा सिचाई कूलो निमार्ण, सिचाई पोखरी निर्माण भल निकास, लगायतका विभिन्न क्रियाकलाप संचालन गर्दै आईरहेको छ । जलवायुु परिवर्तनको असरहरु कम गर्नका लागि भकारो खोर निर्माण, तरकारी बालीमा सहयोग गरेको छ । समुुदायको आयआर्जन सुधारमा प्रत्यक्ष सहयोग गर्ने खालका योजनाहरु संचालनमा आएपछि स्थानीयमा आशा पलाएको छ । वन नर्सरी निर्माण मार्फत स्थानीय समुुदायलाई विभिन्न प्रजातिका विरुवा वितरण गरिएको छ ।
अनुगमन पश्चात जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम वहादुुर थापाले जिल्लामा आयोजना सुरु भएसँगै जलवायुु परिवर्तन सम्वन्धि समस्यामा परेका स्थानीय समुुदायलाई प्रत्यक्ष सहयोग पुगेको बताए । वजेट सिमित हुने र समुुदायका आवश्यकता धेरै हुने हुुनाले सोचे अनुुरुप कामगर्न गाह्रो भएको अवस्थामा आशा आयोजनाले उल्लेखनिय काम गरेको वताए । आयोजनाले विकट वस्तीका विपन्न नागरिकलाई सहयोग गरेको छ स्थानीयको समस्यासंग हातेमालो गरेको छ । यो राम्रो कार्य हो । थापाले भने ।
निमित्त सथानीय विकास अधिकारी पदम सापकोटाले आशाले बस्तिका जनताको मन जीतेको बताउँदै कार्यक्रमको थप प्रभावकारीतामा सबै निकाय जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
परियोजनाका जिल्ला संयोजक धर्मराज उपाध्यायले जिल्ला समन्वय ईकाइ,स्थानीय जन प्रतिनिधि, विभिन्न सरोकार वाला निकायसंग हातेमालो गर्दै विकट वस्तीका नागरिकलाई विभिन्न विषयगत रुपमा सहयोग गरेको वताए । हामी जलवायुु जोखीममा रहेका समुुदायको नजिक रहेर उहाँहरुका समस्या बुझ्न चाहन्छौं वास्तविकताका आधारमा काम गर्ने, निश्पक्ष र पारदर्शीता अपनाउने आयोजनाको उद्देश्य रहेको उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार