‘एक्सन रुम’बाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

कात्र्तिक ६,काठमाडौंः
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट बुधवार प्रधानमन्त्री के.पि.शर्मा ओलिले विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी सँगै सम्वन्धित पक्षलाई निर्देशन दिएका छन् ।
ऊर्जा, जलस्रोत र सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको भएको प्रगतीको जानकारी लिदै प्रधानमन्त्रीले तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएका छन् ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिंचाइ आयोजना, भेरी बबई बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र रानीजमरा सिंचाइ आयोजनाको उनले जानकारी लिएका हुन् ।
ऊर्जामन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा. युवराज खतिवडासहित सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि पनि उक्त कक्षबाट विभिन्न आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार