पार्टी समायोजन समिति निर्माण गर्दै काँग्रेस


मंसिर ९, दैलेख
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थामा गएको दुई वर्ष पछि नेपाली काँग्रेसले दैलेखले स्थानीय तहमा पार्टी समायोजन समिति निर्माण गर्न सुरु गरेको छ ।
नेपाली काँग्रेस स्थानीय तह समायोजन अन्तरिम निर्देशिका २०७६ अनुसार दैलेख जिल्लाका ११ स्थानीय तहमा पार्टी समायोजन समिति निर्माण गरेको हो । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काँग्रेसको विधान अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा निर्बिरोध समिति चयन गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति पार्टी सभापति कृष्ण बहहादुर बिसीले बताए ।
उनले मुलुक संघीयता जानु पूर्व बनेको समितिलाई नै यथावत राख्ने र नयाँ नगरपालिका तथा गाउँपालिकामा मात्र समिति निर्माण गरेको उनले बताए । दैलेखको दुई स्थानीय तह नारायण नगरपालिका र दुल्लू नगरपालिकामा पार्टिको १३ औ महाधिबेशनमा नै पार्टीको नगर समिति निर्माण भएको र पार्टीले केन्द्रिय समितिको परिपत्र अनुसार अर्को ब्यबस्था नहुँजेल सम्मका लागि सम्बन्धित स्थानीय तहको केन्द्र रहेको वडा तथा सम्बन्धीत साबिकको गाबिसका पार्टि सभापतिलाई नै संयोजकको जिम्मेवारी दिएको थियो । हाल नेपाली काग्रेस स्थानीय तह समायोजन अन्तरिम निर्देशिका २०७६ बमोजिम पार्टीको १४ आंै महाधिबेशनका सम्मका लागि पार्टी समितिको चयन गरिएको नेपाली काग्रेस जिल्ला र्कार्य समिति दैलेखका सदस्य झलक भण्डारीले बताए । जिल्लाका बिभिन्न गाउँपालिका तथा नगरपालिकामा साविकका गासिबमा लाई वडामा राखेको र अन्य वडा फुटाएर अर्को वडा बनाएका नयााँ वडाहरुमा समेत पार्टिको वडा समिति निर्माण गरेको बताए स्थानीय पार्टि समायोजनमा दैलेखका ४ प्रदेश मा सभापतिहरु को चयन समेत गरेको छ ।
निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा पदम मल्ल र (ख) नबिन शर्मालाई जिम्मेवारी दिएको छ । निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) लिलाराम लम्साल र प्रदेश (ख) मा नैन बहादुर शाहीलाई जिम्मेवारी तोकिएको बताइएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार