
मंसिर १०,काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । अचानक पेट दुखेपछि मंगलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया पछि प्रधानमन्त्री केपी ओली केही दिन अस्पतालमै रहने बताइएकोे छ । त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरम मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया भएकोले प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहनु चिकित्सकले जनाएका हुन ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको हो । प्रधानमन्त्री ओलीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार शल्यक्रियापछि
प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै आराम गरी बस्नुपर्ने हुन्छ । पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो । ओली नियमित फलोअपका लागि आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिस गएको थिए ।
लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेएका प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने सायमीले जानकारी दिए । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार (मंसिर ८ गते) ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको थियो ।









