विकास र समृद्धि नेकपाकै पालामा हुन्छ अरु बिकल्प छैनः प्रचण्ड


फागुन ६, सुर्खेत
नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकास र समृद्धि नेकपाकै पालमा हुने बताएका छन् । हाम्रै पार्टीले नेपालको विकास र समृद्धिको ढोका खोलेको छ यो कार्य हाम्रै पालामा पूरा हुन्छ समृद्धिका लागि नेकपाको विकल्पमा अरु कुनै पनि पार्टी नरहेको दाहालले बताएका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्ला कमिटी, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कर्णाली प्रदेशको विकास र उन्नतीका लागि सवै तहका नेताहरुको जिम्मेवारी निकै महत्वपूर्ण रहेको बताएका छन् । अव हरेक कार्यकर्ताहरुले वडा वडाबाट विकास र समृद्धिका लागि खट्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए । “तपाँईहरुले अव आफ्नो वडा, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय सरकारको विकास र समृद्धिका लागि नेकपाको विकल्प अरु हुनै नसक्नेगरी काम गर्नुपर्ने छ, सोही अनुसार काम गर्नुहोला” प्रचण्डले निर्देशन समेत दिएका छन् ।
नेकपाक वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले गरेका राम्रा कार्यक्रम र योजनाबारे आम नागरिकसम्म पु¥याउनेगरी अगुवा कार्यकर्ताहरु लाग्नुपर्ने सुझाव दिएका छन् । अव विकास भएन, मुलुक समृद्धि भएन, दिगोपना भएन भनेर फर्कने अवस्था नभएकोले स्थानीय सरकार सँगै सवै तहका सरकारले विकासमा दिगोपनाका लागि जनताका अधिकार स्थापनाका लागि लाग्नुपर्ने सुझाव दिएका छन् ।
नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र कुनै पनि समस्या नभएको भन्दै पार्टी विरोधीहरुले बेला बेलामा गर्दै आएको अनावश्यक हल्लाका पछाडी नलाग्न सवै कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । यो बेला मुलुक निर्माण गर्ने बेला हो, अहिले यो वा त्यो बाहनामा कसैले विकास र समृद्धि रोक्न खोजेको भए, देखिए, त्यस्ता तत्वहरुसँग मुकाबिला गर्दै अगुवा कार्यकर्ताहरु अगाडी बढ्नुपर्ने सुझाव पौडेलको छ ।
सरकार चलाउन पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्ने अध्यक्षहरुको सुझाव
मंगलवार भएको १० जिल्लाका अगुवा कार्यकर्ताहरुको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले तीनवटै तहका सरकार संचालनका लागि पार्टीले छुट्टै संयन्त्र बनाउनुपर्ने सुझाव दिएका छन् । यसअघि पार्टीका सवै तहका संरचनाहरु नबन्दा समस्या उत्पन्न भएको बताउँदै अव भने पार्टीको नीति, विधान र सिद्धान्तअनुसार सरकार चलाउन छुट्टै संयन्त्र बनाउनुपर्ने सुझाव दिएका छन् । जिल्लाको रिपोर्टिङ्ग गर्ने जिल्ला कमिटी अध्यक्षहरुले विकास निर्माणमा दिगोपना र पारदर्शीता ल्याउन, जनताले वडा सम्म सरकारको कामका गतिविधिहरुको स्पष्ट जानकारी प्राप्त गर्न, संयन्त्र निर्माण गरेर अभियान थाल्नुपर्ने सुझाव दिएका हुन् । रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले आफूहरुले सत्ता निर्देशक समिति बनाएर काम गर्दा सरकार सञ्चालन गर्न सहज भएको बताए , अव सवै तहका सरकार सञ्चालन त्यसरी नै गर्नुपर्ने शर्माको भनाई थियो । नेकपा दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्र शर्माले सवै तहका सरकार पार्टीको निर्देशनअनुसार सञ्चालन गर्ने पारिपाटीको विकास गर्नुपर्ने बताएका छन् । जनतालाई प्रदान गरिएका सुविधाहरुको बारेमा वडा तहसम्म छलफल र बहस गर्दै प्रभावकारि कामका लागि सवै जिम्मेवार निकायहरु सचेत भएर लाग्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार