१४ वर्षे यात्राका सहयात्रीको सम्झना

दैलेखमा पत्रिका संचालन गर्नु फलामको चिउरा चपाउनु सरहनै हो यस्तो अवस्थाको ख्यालै नगरेर २०६३ असार २ गते त्रिभूवन उच्च माविको कुनामा बसेर पत्रिका दर्ताको तयारी भयो, यस्तो निर्णयमा सहयोग गर्ने धमाका दैनिकका संस्थापक प्रकाशक नमन शाही, संस्थापक कार्यकारी सम्पादक घनश्याम भण्डारी, पुस्कर थापा, यज्ञराज थापा, जनक न्यौपाने लगायतका साथिहरु बसेर कापिमा गरिएको निर्णय अहिले पनि ताजै छ । म आफु सम्पादकको भूमिकामा रहेर रहरै रहरले सुरु गरेको पत्रकारिता अहिले भोगाइ र अनुभवको हिसावले बालापनको अवस्थामा छ । पत्रिका प्रकाशनको आरम्भको मिति हेर्ने हो भने १४ वर्ष बितेको पत्तै पाईएन ।
सरकारी जागिर तिर भएको भए अव समय सकिने अवस्थामा छ भनेर अलि जाँगर मारेपनि हुनेथियो तर यो पेशा र धमाका दैनिको सुरुवात हेर्नेहो भने बल्ल जाँगर बढाउनुपर्ने अवस्था आएको छ ।
बिस्तारै बालापनबाट वयस्क अवस्थामा पुग्ने तरखर देखिएको छ । अनुभवको हिसावले पनि तिखारिदै जानुपर्ने अवस्थामा धमाका दैनिक पुगेको छ ।
बिभिन्न समयमा धमाका साप्ताहिक हुँदै दैनिकको यो यात्रा सम्म जोडिएका धेरै साथिहरु अब्वल संचारकर्मीको रुपमा परिचित हुनुहुन्छ । समय र परिस्थितीले कहिले कसैलाई टाढा पु¥याएको होला, कोही कहिले कताको नजिक भइयो होला कोही कहिले कताको दुरीमा पनि बसियो होला । एउटै यात्रामा दौडिदा कहिले कतै ठेस लाग्यो होला कहिले कतै धेरै मायाँ बढ्यो होला यो यात्राको सिद्धान्त हो । दैलेखको पत्रकारिताका दोस्रो पुस्ताका म र हामी जस्तै सवै साथिहरु अहिले सम्म पनि पत्रकारितामै जाँगरिलो तरिकाले दौडमा होमिनु भएको छ । दैलेखका लागि यो बिषय गौरवको बिषय हो । दौडमा कहिले कता कहिले कता भएपनि व्यवसायिक एकता, पत्रकारको सुरक्षा र न्यायको लडाँईमा भने दैलेखी पत्रकारहरु अहिले सम्म पनि बिचलित हुनुभएको छैन् । सवैभन्दा बढी गौरवको बिषय यही हो ।
बार्षिक उत्सवको यो अवसरमा तत्कालिन समयदेखि मायाँ ममता, सद्भाव, सुभेच्छा प्रकट गर्ने दैलेखका होनाहार पत्रकार हस्तिहरुलाई हामी सँधै भरी सम्झिरहने छौं । दैलखमा पत्रकारिताको बिजारोपण गर्ने व्यक्तिहरु जो पहिलो पुस्ताका हुनुहुन्छ उहाँहरुलाई पनि यो अवसरमा सम्झिनुपर्ने हुन्छ । जतिवेला पंचायती शासन व्यवस्था थियो उतिबेलादेखि झिल्को, रैवार जस्ता भित्तामा पत्रिका प्रकाशन गर्ने आदरणिय दैलेखका अग्रजहरु  हरिहर अधिकारी (कवि श्यामल,) बिष्णु रिजाल, सुरेन्द्र अधिकारी, गणेश रेग्मी, खड्ग सिजापती लगायतका आदणिय व्यतित्वहरुले दैलेखको पत्रकारिताको इतिहास कायम गर्नुभएको छ । त्यसपछि खरो रुपमा पत्रकारितामा लाग्नुभएका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा अहिले हामिमाझ हुनुहुन्न उहाँप्रति हामी हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं । हामिले लडेको न्यायको लडाँइमा केही सफलता हात परिसकेको छ । आशा छ पूर्ण सफलता मिल्नेनै छ ।
युवा पत्रकारहरुलाई यो पेशा अंगाल्न पे्ररित गर्ने आदणिय पत्रकार पत्रकार हरिहरसिंह राठौर, अमर सुनार लगायतका हस्तिहरु दैलेखको पत्रकारिताका अग्रजका रुपमा परिचित हुनुहुन्छ ।
धमाका दैनिक लगायत जिल्लाका अन्य बिभिन्न संचार माध्यामहरुबाट पत्रकारिताको सुरुवाती गर्दै अहिले बिभिन्न संचार संस्थाहरुमा अब्वलता कायम गर्नुभएका पत्रकार मित्रहरु प्रकाश अधिकारी, मञ्जुल अधिकारी, गोविन्द के.सी., गोविन्ददेव भारती, हिक्मत नेपाली, रविन्द्र सुवेदी, कविराज बि.सी., नविन रिजाल, खेमराज थापा, कमल शर्मा, चक्र केसी, भूपेन्द्र शाही, महेन्द्र सापकोटा, छवी शर्मा, यामप्रसाद शर्मा, अभिशेष अनुराग, डि. आर. कोईराला, भिम सिजापती, बिष्णु शाही, भक्त शाही, श्याम बिष्ट, हिक्मत नेपाली, चक्र भण्डारी, बिनु भारती, प्रेम शाही, सिताराम शर्मा, लोकेन्द्र पौड्याल, नविन शर्मा, खगेन्द्र कार्की, भूमिका मल्ल, गिता थापा, तिला गुरुङ, सिता शाही, धरम बिष्ट, भक्त शाही, माधव खनाल, यामराज कटुवाल, विशाल सुनार, तिर्थ भण्डारी, पृथ थापा, कृष्ण देवकोटा, उदयराज अधिकारी, पुजा भण्डारी, सुरेन्द्र शाही, धर्म थापा, मंगल चौधरी, रामकृष्ण कठायतको भूमिका दैलेखको संचार क्षेत्रको लागि महत्वपूर्ण छ । दैलेखका अन्य बिभिन्न संचार माध्यमसँग जोडिनुभएका कुमार प्याकुरेल, जीवन आचार्य, यामराज बिष्ट, भावना हमाल, कृष्ण अधिकारी लगायत पत्रकार महासंघ दैलेखमा आवद्ध सवै पत्रकार मित्रहरुको अथक प्रयासका कारण समाजमा सुशासन कायम गर्न, सूचनाको हक प्रदान गर्न, अनियमिता र भ्रष्टाचार गतिविधिहरुको न्यूनिकरण गर्न धेरै मात्रामा भएपनि समाचारको माध्यमले सहयोग गरेको छ ।
हामीले लेखेका समाचारहरुकै आधारमा खख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानवीन गरेका कतिपय उदाहरण पनि जिल्लामा छन् ।
व्यवसायिकता कायम सँगै जिल्लामा प्रकाशन भएका पत्रपत्रिका र रेडियोहरुलाई अँझै निरन्तरताको चुनौती त्यतीकै छ ।
धमाका दैनिकको व्यवसायिकता र निरन्तरताका लागि सुरुवाती देखि अहिलेसम्म श्रेष्ठ अफसेट प्रेस, शौरभ अफसेट प्रेसले गरेको योगदानको उच्च कदर गर्दै आगामी दिनहरुमा हाम्रो सहकार्य अँझै दरिलो हुनेमा आशा गरेका छौं ।
यो कठिन यात्रामा आँठ गर्ने सबै पत्रकार मित्रहरु र प्रकाशनको जिम्मा लिएका संचारकर्मी मित्रहरुलाई धन्यवाद दिन चाहन्छौं । तपाँईहरुले दिएको रचनात्मक सुझावलाई हामिले सँधै सिरोधार्य गर्ने छौं । साप्ताहिक पत्रिका प्रकाशन गर्दा रातको २ बजे पत्रिकाको पिलेट बोकेर छापाखान धाउने यी परेलीहरु अँझै धेरै समयका लागि निधाउने छैनन् । धमाका दैलेखको पत्रकारिताको जननी हो भन्दा अतिउत्ती नहोला तर यसो भनिरहँदा यसले व्यवसायिकतालाई ध्यान दिन सकेको छैन् । निश्पक्ष बन्न सकेको छैन भन्ने तपाँईहरुका गुनासाहरुलाई घटाउँदै गएका छौं ।
धरातल नबुझेर गलत ओकेल्ने प्रवृतीसँग जुधेर प्रकाशनले आफ्नो १४ वर्षको यात्रा गर्दैछ । यो यात्रासँगै हामीलाई मायाँ, ममता तथा सहानुभूती प्रकट गर्नुहुने आदरणीय पाठक वर्ग, शुभचिन्तक एवं विज्ञापनदाताबाट आगामी दिनहरुमा पनि सहयोग र हौसला मिल्ने आशा लिएका छौं ।
दैलेख सदरमुकाममा अध्ययन गर्दै गर्दा सरकारी जागिरे सपना बोकेको एक व्यक्ति बि.ए. पास भएकै कारणले मात्र दैलेखको पहिलो पत्रिकाको सम्पादकको जिम्मेवारी पाएको त्यो परिस्थिीलाई अहिलेपनि जिम्मेवारीका साथ निर्वाह गर्ने प्रर्ण गरेको छु । इमान्दारीता सवैभन्दा ठूलो सम्पत्ति रहेछ भन्ने कुरा अहिले सम्मको मोडमा देखिएको महान उपलब्धि हो भन्ने कुरा आफुले पनि बुझेको र अन्य संचारकर्मी मित्रहरुले पनि बुझिदिनुहुने छ भन्ने आशा गरेको छु । चाहे हिजोका बिभिन्न निरंकुशगतिविधि हुन, चाहे सरकारी वा पहुँचको भरमा गरिएका बिभिन्न अनियमितता र भ्रष्टाचारका कुराहरु किन नहुन सँधै यसको बिरद्धमा उत्रने दैलेखी पत्रकारहरुको हिजोको ऐतिहासिक शैलीलाई एकपटक मनन् गरेर व्यवसायिक एकतामा सबै एक हुनुपर्ने अहिलेको आवश्यकता हो । लुकेका कुराहरुलाई उजागर गरेर राज्यका जिम्मेवार नागरिकहरुलाई सुनाउने र जिम्मेवार बनाउने अभियानमा सवै लाग्न जरुरी छ ।
गाउँमै अधिकार सहितको सिंहदरवार आएको छ । यसको उचित व्यवस्थापन भयो वा भएन, खवरदारी जरुरी छ । संघीयतालाई कही कतैबाट असफल बनाउनेका बिरुद्धमा पनि संचार माध्यामको भूमिका महत्वपूर्ण हुन्छ । बिश्वलाई आतंकित पारेको कोरोना भाइरस बिरुद्धका अभियान सम्म हाम्रो सक्रियता कायमै छ र रहने नै छ ।
बिष्णु शर्मा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार