
दैलेखको भगवतीमाई गाउँपालिकाले बन्दाबन्दीलाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन ग¥यो, स्वयंसेवकले पालिका भित्रने सवै नाकामा बाँसको ढाँड नै हालेर आवतजावत अवरोध मात्र पारेका छैनन्, अन्तरपालिकाबाट वा जिल्ला सदरमुकाम दैलेख बजारबाट सुरक्षा निकायको टोलि गयो भने स्वयंसेवकले सोधपुछ गरेर पालिकामा खवर गरेपछि मात्र प्रवेश गर्न दिएका छन् ।
दैलेख सदरमुकामबाट बेस्तडा बजार जाने मुख्य नाका र जाजरकोटबाटबाट भगवतीमाई गाउँपालिका प्रवेश गर्ने नाकामा ड्यूटीमा बसेका स्वयंसेवकले पास बाहेकका कुनै पनि सवारी साधनलाई प्रवेश दिदैनन् ।
स्वयंसेवक रमेश अधिकारीले भने, पास विनाका सरकारी वा नीजि जुनसुकै सवारी साधन मात्र हैन व्यक्तिहरुलाई समेत आउन पनि दिदैन र जानपनि दिदैन ।
नेपाल यसै पनि गरिव छ हामी त झन दुर्गमका मानिसहरु सचेत हुने पहिले नै पछि पछुतो गर्नुभन्दा अहिले पूर्ण रुपमा आवतजावत रोक्ने आफ्नो दायित्व भएकोले यसो गरेको अधिकारीले बताए ।
उनिसँगै बिभिन्न नाका र टोल टोलमा २८ जना स्वयंसेवक साथमा सुरक्षाकर्मी समेत गाउँपालिकाले बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गर्न खटाएको छ ।
व्यक्तिको स्वास्थ्य सुरक्षामा निकै संवेदनशिल छौं अरु बिषयहरुमा मोहचार नदेखाएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।
एकै दिन पालिकाभरी ५६ जनाको ¥यापिड परीक्षण

दैलेखको भगवतीमाई गाउँपालिकामा पनि कोरोना दु्रत परीक्षण अभियान अन्तर्गत एकै दिन ५६ जनाको परीक्षण गरिएको भगवतीमाई गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत बखत खड्काले जानकारी दिएका छन् । सवैको रिपोर्ट नेगेटिभ आएपछि जनतामा खुसीयाली छाएको खड्काको भनाई छ । भारत वा अन्य मुलुकबाट पालिकामा आउनेहरुको संख्या ६९ मात्र रहेको र त्यसमध्ये ६३ जनाको परीक्षण भैसकेको रेशम बुढाले जानकारी दिएका छन् ।
शनिवार ५६ जनाको परीक्षण गरिएको छ । यसअघि ७ जनाको परीक्षण भैसकेको छ । सवैको रिपोर्ट नेगेटिभ आएको र पालिकाभरी बाँकी रहेका ६ जनालाई तत्काल खवर गरेर दैलेख सदरमुकाममा ¥यापिड टेस्टका लागि पठाउने र पालिकालाई पूर्ण रुपमा कोरोना मुक्त बनाउने अभियान थाल्ने अध्यक्ष थापाको भनाइ छ ।
भकारी हेरेपछि मात्र
राहत दिन्छौं ः थापा
दैलेखका बिभिन्न पालिकाहरुमा दैनिक ज्याला मजदुरी गर्नेहरुको तत्थ्याँक संकलन गरेर राहत बितरण कार्य सुरु गरिएको भएपनि दैलेखको भगवतीमाई गाउँपालिकाले भने राहत बितरण कार्य पालिकामा आवश्यक नभएको बताएको छ ।
गाउँपालिकाले गरिव र बिपन्न समुदाय छनौट गरेर १ सय ४० जनालाई श्रम रोजगार बैकमा काम दिएपछि धेरै समस्या समाधान भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताएका छन् ।
थापाले भने भोकै मर्न कसैलाई पनि दिदैनो र भकारी हेरेरमा राहत बितरण गर्छौं । पालिकाभित्र समस्या नै भएका व्यक्तिहरु भए वडा अध्यक्षहरुलाई बिवरण संकलन गर्न भनेका छौं । समस्या परेकालाई र पुरै गाउँनै समस्यामा पर्ने अवस्था आयोभने कसरी बच्ने भन्नेमा पनि पूर्व तयारी गरिएको थापाले बताए ।






