लकडाउनमा पनि बारीमै व्यस्त किसानहरु

खाद्य सुरक्षार्थ उत्पबैशाख देखि जेठ महिनाकोे समय किसानहरुका लागि निकै व्यस्त समय मानिन्छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लकडाउनको घोषणा गरेको भएपनि दैलेखका पौरखी किसानहरुका लागि लकडाउनको समय बारीमै व्यतित भएको छ ।
बैशाख र जेठ गहुँ बाली भित्राउने र मकै बाली लगाउने सिजन भएकाले दुर्गमका अधिकाँस किसानहरु लक डाउनको समयमा बारीमै छन् । बैशाखभरी गहुँ भित्राउन व्यस्त किसानहरु जेठ सुरु हुने बित्तिकै मकै लगाउने चटारोमा छन् ।
बिहान उठेदेखि साँझ सम्म गहुँबाली भित्राउन किसानहरुलाई अहिले चटारो परेको छ । कोरोनाको संक्रमणबाट जोगिने चिन्ता एकातिर छ भने अर्कोतर्फ महिनौ सम्म अन्नको जोहो गर्ने गहुँवाली लगातारको पानीले गर्दा बारिमै कुहिने हो कि भन्दै किसानहरुलाई चिन्ता पनि बढेको छ । बैशाख अन्तिम सम्म पनि दैलेखमा लगातार पानी परेपछि गहुँ काट्ने र भित्राउने काममा समस्या देखिएको किसानहरुको गुनासो छ ।


कोरोना संक्रमण सँगै सरकारले लकडाउनको अवधि बढाउँदै गरेको भएपनि कृषि कर्म गर्ने किसानहरुको समय बारीमै बितेको छ । गहुँ वाली भित्राइसकेका किसानहरु पुनः मकै बाली लगाउन बारीमै व्यस्त छन् । शहर र सदरमुकाम बस्नेहरुलाई समय व्यतित गर्न समस्या हुने गरेको भएपनि बास्तविक किसानहरुलाई भने बैशाख र जेठ महिनाभरी एक मिनेट पनि फुर्सद छैन् । मकै लगाउने सिजन सुरु भएकोले बारीमा प्रयोग हुने स्थानीय मलको थुप्रोहरु बारीभरी देख्न सकिन्छ ।
दैलेखमा सबैभन्दा धेरै उत्पादन हुने र महत्वपूर्ण बालीको रुपमा मकै वालीलाई लिईन्छ । लकडाउनले बाँझो रहेका बारीमा समेत किसानहरुले खेती पाती सुरु गरेका छन् । कतिपयले नगदे बाली बेसार, अदुवा, लागायतका बालीहरु लगाउने क्रम पनि अहिले बढेको छ ।
लक डाउनका कारण तरकारी उत्पादक किसानहरुले उत्पादन भएका तरकारीको बिक्रि बितरण, विऊ लगायत रोग किराको समस्या समाधान गर्नका लागि कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुखले प्राविधिकहरुको टोली बनाएर समस्या बुझ्न किसानको बारीमै पुग्ने गरेका छन् ।
कोरोना भाइरसको समस्या सँगै उत्पन्न हुने खाद्यान्न संकट समाधानका लागि बाँझो जग्गाको सदुपयोग गर्ने नीतिलाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।ादन विशेष अभियान शुभारम्भ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार