दैलेख महावु सडक यो वर्ष कालोपत्रे हुन्छः शर्मा

नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले यो वर्ष दैलेखको काँडाचौर देखि महावु हुँदै कालिकोट जोड्ने सडक कालोपत्रे हुने बताएका छन् ।
धमाका दैनिक सँग कुरा गर्दै शर्माले भने गत वर्ष प्रक्रियात कुरा मिलाउन केही समस्या भएकोले केन्द्र सरकारको बजेट पर्न सकेन केन्द्र सरकारको बजेट नपरेपनि मैले आफ्नो क्षेत्र विकासको ६ करोड रकम महावु खण्डका लागि बिनियोजन गरेको छु । ठेक्का खुलेर सम्झौता समेत भैसकेको छ । अहिले लकडाउनका कारण काममा केही समस्या भएको छ ।


यो वर्ष केन्द्र सरकारले तोकेरै कालोपत्रेका लागि रकम बिनियोजन गर्नेमा आफु ढुक्क भएको बताएका छन् । सदरमुकाम महावु कालिकोट जुम्ला सडक, दैलेखको दुल्लू भैरवी हुँदै कालिकोट जुम्ला सडक, कर्णाली राजमार्ग सडक, सुर्खेत हिल्सा सडक यि महत्वका सडकहरुमा आगामी वर्षबाट तीब्र रुपमा कामले गति लिने शर्माले बताएका छन् ।
आगामी एक वर्षभित्र दैलेखको क्षेत्र नं.१ का सवै घरमा बत्ती बल्ने र अर्को वर्ष जिल्लाभरी नै बत्ती बल्ने गरि काम सुरु गरिएको शर्माले बताए । मध्यपहाडी सडकको दैलेख खण्ड कालोपत्रेको काम यही वर्ष धेरै स्थानमा भैसक्यो लक डाउनले केही समस्या भएपनि आगामी वर्ष दैलेख खण्डमा पर्ने सबै सडक कालोपत्रे हुने शर्माले बताए ।
देशकै आर्थिक अवस्था सुधार हुने दैलेखको पेट्रोलियम उत्खनन्को कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेकोले आगामी वर्ष उत्खनन्को काम हुने भएकोले दैलेखको मुहार फेरिने शर्माको प्रतिक्रिया छ । कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि महत्वपूर्ण सुधारका कामहरु आगामी बर्षको बजेटमा समावेश गरिएको छ शर्माले भने बजेट प्रयाप्त मात्रामा बिनियोजन गरिएको छ हुन्छ तर कार्यान्वयनको अवस्था भने कमजोर छ यसका लागि स्थानीय सरकारहरुले अग्रभागमा रहेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार