
जिल्लाको डुङ्गेश्वर गाउपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रम सुरु भएको छ । आईतवार देखि गाउँपालिकाको वडा नं. ५ बाट कार्यक्रम सुरु गरिएको हो ।
वडामा रहेका गरिव, बिपन्न र दलित समुदायका १७८ जनालाई सामाजिक दुरी कायम गरेर बिकास निर्माणका काममा लगाउने तयारी भएको रोजगार संयोजक नविन कुमार के.सी.ले जानकारी दिएका छन् । वडा नं. ५ मा सोमबारबाट २६ जनालाई सरसफाई सामग्री, मास्क सहित काम सुरु गरिएको के.सी.को भनाई छ ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम गाउँपालिकाका सम्पुर्ण वडाहरुमा सुरु गरिने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले बताएका छन् । वडा नंं. ५ का लागि ३५ लाख १५ हजारको बजेमा दुईवटा योजनाहरुको सुरुवात गरिएको छ । खानेपानी र पदमार्ग निर्माणको काम अहिले अघि बढाईएको छ ।






