कोरोना पुष्टि भएको २३ घण्टापछि आइसुलेसनमा

  • दैलेखमा बढ्यो चुनौती
  • कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि दैलेखका कोरोना संक्रमित युवाको उपचार सुरु गरिएको भएको छ । आठवीस नगरपालिका सात्तलाका युवाको टोलिलाई शनिवार भारतबाट उद्धार गरेर दैलेख ल्याइएको हो । कर्णाली प्रदेशका पहिलो संक्रमित युवाको उपचारमा भने अन्यौलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेसनमा ल्याइएको छ । सुर्खेत लिने वा दैलेखको आइसोलेसनमा राख्ने भन्ने बिषयमा केही समय अन्यौलता उत्पन्न भएको थियो ।
    संक्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको शरस्वती मा.वि. तर्ताङ्गमा निर्माण गरिएको आइसुलेसनमा राख्ने तयारी सँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोलि बिहान दैलेखबाट आठबिस नगरपालिका हिडेको थियो ।
    साँझ ८ बजे मात्र दैलेख सदरमुकाम आएको खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
    स्वास्थ्य कार्यालय दैलेखले शनिवार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना संक्रमणको आशङ्का गरिएका युवा ३५ दिन भन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका हुन् । उनीहरूलाई बनवासा नाकाबाट आठबिस नगरपालिकाले उद्धार गरी चैत्र ३१ गते दैलेखको आठबिस नगरपालिकाको सात्तला विद्यालयमा बिनर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।
    कोरोना संक्रमण भएको जानकारी पाए लगत्तै आठबिस नगरपालिकामा उच्च सर्तकर्ता अपनाइएको नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् । अहिले सात्तलामा रहेको क्वारेन्टाइनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । संक्रमित युवाको ट्रेसिङ कार्य सुरु गरिएको छ । छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रने नागरिकहरुको संख्या बढ्दै गएपछि सुरक्षा सर्तकर्ता बढाइएको छ ।
    संक्रमित युवासँग ४९ जना युवाहरू आएका थिए दैलेख
    कोरोना संक्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । भारतको आग्राबाट ४९ सदस्यीय टोली चैत्र १८ गते कंचनपुर गयाचौकी नाकामा आइ पुगेको थियो । ४९ जनाले करिब त्यहाँ ४५ दिन क्वारेन्टाइनमा बसेका थिए । जेष्ठ १ गते गयाचौकी नाकाबाट आठवीस नगरपालिकाका ३९, ठाँटीकाँधका ८, दुल्लूका १ र चामुण्डाका १ जना सहित ४९ जनाको टोली सँगै नेपाल आएका थिए । सबैलाई आफ्ना पालिकाको क्वारेन्टाइनमा राखिएको भए पनि ठाटीकाँध गाउँपालिकाले ४ दिन सम्म क्वारेन्टाइनमा राखेर पिसिआर जाँच गरेर रिपोट नेगेटिभ आएपछि घर पठाएको भए पनि सत्तलाका युवामा संक्रमण देखिने बित्तिकै पुनः क्वारेन्टाइनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले जानकारी दिएका छन् ।
    आठबीस नगरपालिकाका स्थानीयहरुले वडा नं.१ लाई तत्काल सिल गरी आवश्यक कदमहरु चाल्न सुझाव दिएका छन् । क्वारेन्टाइन मा रहेका ब्यक्तिहरुले पालना गर्नु पर्ने नियमहरू पालन गर्न नसकेको, राती समूहमा देउडा खेल्ने दिउँसो विभिन्न खेलहरु खेल्ने गरेको देखिएकोले यसवारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिएका छन् ।

     

    आवश्यक सबै व्यवस्थापन गरिएको छः डा. पन्त
    स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताएका छन् । कर्णाली प्रदेश अस्पतालमा लिने बिषयमा पनि छलफल भएको थियो । तर बिरामीको अवस्थाका आधारमा रिफर गर्ने कुरा भएपछि अहिले दैलेखको आइसुलेसनमा राखेर उपचार गरिने छ । बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिने छ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा पन्तको भनाई छ ।

    सबै खाले सुरक्षा परिचालन गरिएको छः प्र.जि.अ. कटेल
    जिल्लाभरको सबैखाले सुरक्षा परिचालन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् । क्वारेन्टाईन व्यवस्थित गर्ने बारेमा जिल्ला प्रशासनले सक्रियता बढाएको छ । जिल्लाका बिभिन्न नयाँ स्थानहरुमा थप क्वारेन्टाइन बनाउनुपर्ने अवस्यकता महसुस भएकोले त्यसतर्फ सुरक्षा निकायलाई खटाईएको छ । नयाँ स्थानहरुको पहिचान गरिएको छ । संक्रमितहरुको सुरक्षा व्यवस्थापनको बिषयमा टेसिगं गर्ने काम सुरु भैसकेको छ । आईसोलेसनको सुविधा, जनशक्ति, भेन्टिलेटर जस्ता बिषयहरुमा पनि उच्च सर्तकता सँगै चासो बढाईएको कटेलले जानकारी दिएका छन् ।
    अवस्था जटिल बन्न थालेको खण्डमा प्रदेश सरकारले समेत आवश्यक तयारी थाल्नका लागि अनुरोध गरेर पठाइएको छ । जिल्लास्तरका राजनीतिक दलका प्रमुखहरुसँग छलफल भएर आउन सक्ने खतरा र खतराबाट बच्नका लागि खेल्नुपर्ने भूमिकाको बारेमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् ।

    घरभित्रै बस्न आग्रहः

    दैलेखका प्रहरी प्रमुख हरीबहादुर ओलीले आम नागरिकहरुले घरभित्रै बसेर सहयोग गरिदिन आग्रह गरेका छन् । संक्रमण दैलेखमा देखिएका कारण सबै आ आफ्नो क्षेत्रमा उच्च सर्तकता अपनाउनुपर्ने ओलीको भनाई छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार