कुल सङ्ख्या २ सय १८ पुग्यो

  • दैलेखमा एक दिन १ सय १३ जनामा कोरोना संक्रमण
  • दैलेख जेठ २२ गते ।
    दैलेख सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ जनामा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकामा संकटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । बिहीबार एकैदिन १ सय १३ जनामा कोरोना संक्रमण देखिएको र सबैभन्दा धेरै नारायण नगरपालिकामा देखिएपछि विशेषज्ञ टोली सहितको स्वास्थ्यकर्मी दैलेखमा आवश्यकता भैसकेको नेपाल मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दिर्घराज अधिकारीले जानकारी दिएका छन् । दैलेखमा कुल सङ्ख्या २ सय १८ हो । यो मध्ये नारायण नगरपालिका भित्र मात्रै १ सय ९५ जना पुगिसकेपछि अव कोरोना समुदायमा फैलन सक्ने र अवस्था भयावह हुनसक्ने भन्दै प्रदेश र केन्द्र सरकारले तत्काल पहल थाल्नुपर्ने माग दैलेखका नागरिकहरूको छ ।
    नारायण नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयले थाम्न सक्ने अवस्था नदेखिएको एक स्वास्थ्यकर्मीको भनाई छ । यस्तो बेलामा जिम्मेवार निकायहरुले हेलचक्राई गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ । केन्द्र सरकार वा प्रदेश सरकारले तत्काल दैलेखको बारेमा गम्भीर हुनुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको भनाई छ । भारतबाट ४२ हजार आउने हुन अहिले १२ हजार आईसकेका छन् । यही तत्थ्याँकलाई बिश्लेषणको आधार मान्ने हो भने दैलेखमा धेरै जनामा संक्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्वार सरकारलाई यो कुरा जानकारी गराएका छौँ । अवस्था भयावह भएपछि सुन्नु भन्दा सरकारले अहिलेनै दैलेखलाई विशेष रूपमा हेर्नुपर्ने उहाँको भनाई छ ।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले दिएको १सय ५ जनाको सङ्ख्या मात्र प्राप्त भएको र नाम प्राप्त नभएपछि दैलेखमा पहिचान गर्न समस्या उत्पन्न भएको छ । दैलेखमा करिब १३ हजार बढी मानिसहरू क्वरेन्टाइनमा बसेका छन् । करिब ५ हजार बढी मानिसहरू क्वारेन्टाइनमा बसेको १४ दिन भन्दा बढी पुगिसकेको छ । गत १३ गते पठाएको पिसिआरको रिपोर्ट समेत ९ दिन सम्म नआएपछि क्वारेन्टाइनमा बसेका कतिपयलाई पुनः आरडीटी चेक गरेर घर पठाइएको छ । आज एक्कासि १ सय ५ जनाको नाम नखुलेर सङ्ख्या मात्र आएपछि जिल्लामा तनाव सृजना भएको छ ।
    दैलेखमा भारतबाट नयाँ आउने व्यक्तिहरूलाई करिब २ साता सम्म रोकेर अहिले क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको पिसिआर परीक्षणको अन्तिम नजिता नआएसम्म दैलेखमा अवस्था झनै असामान्य हुनसक्ने भन्दै सरकारले केही समयका लागि दैलेख आवागमन रोक्नुपर्ने सुझाव स्थानीय जनप्रतिनिधिहरुको छ ।

    दैलेखमा २ वटा आईसुलेसन अस्पताल भरिसकेका छन् । नारायण क्याम्पसलाई नयाँ अस्पताल बनाएपनि अव स्वास्थ्यकर्मीको अभाव देखिने भएको छ ।
    क्वारेन्टाइनमा बसेकाहरु जथाभावि आन्दोलन गरेका छन् । कर्मचारीमाथि कुटपिट सुरु भएको छ । कर्मचारी कुटपिट गर्नेहरुलाई प्रहरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दैलेख ल्याएर आरडीटी गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि २० भन्दा बढी सुरक्षाकर्मीहरु समेत एकान्त बासमा बस्नुपर्ने अवस्था आएको ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार