
विष्णु शर्मा
दैलेख जेठ २३ ।
दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा एकाएक संक्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकालाई न्यूनतम दश दिन पुरा गरेपछि आरडीटी परीक्षण गरेर घर पठाउने नीति लिएपछि जटिल समस्या उत्पन्न भएको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको एक साता कटेपछि पिसिआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पटाइयो, सुर्खेतमा ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो । जुम्लाबाट धेरैको संकास्पद भनेर भनियो तर पुष्टि गरिएन्, यता जिल्ला बिपत व्यवस्थापन समितिले निर्णय गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई पुनः आरडीटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पटाइयो घर पुगेको दुई दिनको साँझ नगरभित्रका १ सय १३ जनामा संक्रमण भनेर रिपोर्ट आयो । नाम बिहीबार साँझसम्म आएन् । जिल्ला सुरक्षा समितिले आपतकालिन बैठक राख्यो तर संक्रमितहरु अधिकांश घर पुगेका थिए । बुधवार देखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ जना संक्रमितहरु घरमै बसेका छन् । समस्या केही नभएका कारण उनीहरूलाई घरमै सुरक्षित राख्नतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ ।
स्थानीय राजनीतिक दलहरूले उनिहरुमार्फत अन्य वृद्ध र बालबालिकामा संक्रमण फैलने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल दैलेख जिल्ला सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि दैलेखमा सामान्य रूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् । यस्तो बेलामा जिम्मेवार निकायहरुले हेलचक्राई गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ । केन्द्र सरकार वा प्रदेश सरकारले तत्काल दैलेखको बारेमा गम्भीर हुनुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको भनाई छ । भारतबाट ४२ हजार आउने हुन अहिले १२ हजार आईसकेका छन् । यही तत्थ्याँकलाई विश्लेषणको आधार मान्ने हो भने दैलेखमा धेरै जनामा संक्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ । अवस्था भयाबह भएपछि सुन्नु भन्दा सरकारले अहिलेनै दैलेखलाई विशेष रूपमा हेर्नुपर्ने उनको भनाई छ ।
अहिले कुन वडामा कति जना संक्रमितहरु पुगेका हुन्, क कसलाई भेटे वडा अध्यक्ष लगायतलाई सुरक्षा चुनौती थपिएको छ ।
पिसिआर परीक्षणमा भएको ढिलाइकै कारण दैलेखका विभिन्न वडा र घरसम्म कोरोना संक्रमण पुगिसकेको छ । तत्काल रोकथामका उपाय अपनाउन नसके दैलेख कोरोनाको ईपिसेन्टर बन्न सक्ने सम्भावना बढ्दै गएको नरपालिका स्वास्थ्य शाखाका कर्मचारीको भनाई छ ।
दैलेख सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ जनामा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकामा संकटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिहरुको टसलका कारण न त अहिलेसम्म दैलेख सदरमुकामका कर्फुयु घोषणा गरिएको छ, न त संक्रमितहरुको खोजी नै गरिएको छ । शुक्रवार बिहान सम्म पनि नाम नआएका कारण जनप्रतिनिधि र सुरक्षा निकाय आफै अन्यौलमा परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षीत बस्न र फोनबाट स्वास्थ्यकर्मीहरुले उनको अवस्था बुझ्ने काम गर्नेतर्फ दैलेख लागेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएको छ । यो विषयमा जिल्लामा छलफल भइरहेको बताए ।
स्थानीय सरकार र राजनीतिक दलहरूले तत्काल सम्भावित स्थानहरुमा सिल गरेर उपचारका विषयहरूमा अगाडी बढ्न सुझाव दिएका छन् । जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकारी कोही कसैलाई नभएको र तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले सुझाव दिएका छन् ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरबाहीका कारण दैलेखको नारायण नगरपालिका कोरोना सेन्टर बन्न पुगेको बताए । स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो तर हाम्रा भौतिक पूर्वाधारको अवस्था अनुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले सङ्कट उत्पन्न भएको छ । महामारीको यो समयमा सबैले एकढिक्का भएर संक्रमण फैलिन नदिने विषयमा गम्भीर हुनुपर्ने र केन्द्र र प्रदेश सरकारले दैलेखको बारेमा तत्काल सोच्नुपर्ने सुझाव दिएका छन् ।









