विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

विषालु च्याउको खाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । बिषलु च्याउ तरकारी बनाएर खादा जाजरकोटको कुशे गाउँपालिक १ स्याँक्रीका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।
एक जनाको घरमै मुत्यू भएको र थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको कुसे गाउँपालीकाकी उप प्रमुख रामछायाँ कुमारी शाहिले जानकारी दिएकी छन् ।
आईतबार जंगली बिशालु च्याउ खादा एकै परिवारका ७ जना बिरामी परेका र उद्धारका लागि गाडि चल्ने अवस्था नरहेकाले सोमबार सेनाको हेलीकप्टर मार्फत उपचारका लागि ६ जनालाई सुर्खेत लगिएको उप शाहिले बताईन । उपचारको क्रममा तिन जना वालबालीकाको सुर्खेतमा मृत्यु भएको उनले बताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार