मास्क नलगाउने एक सय जनालाई कारबाही

 

दैलेखः दैलेखमा मास्क नलगाएर बजारमा हिड्ने १ सय जनालाई कारवाही गरिएको छ । कारवाही परेका १ सय जनालाई एक सय रुपैयाँ कारवाही गरिएको छ । जिल्ला प्रशासनले सदरमुकाम लगायत अन्य स्थानहरुमा आवतजावत गर्दा अनिवार्य मास्क लगाउने भन्दै सूचना जारी गरेको भएपनि सूचनाको अटेर गर्दै मास्क नलगाएर हिडेका एक सय जनालाई सोमबार र मंगलवार कारवाही गरेको हो । दैलेखमा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रशासनले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार