क्लिन सिटी अभियान निरन्तर बुझिएका नालि खोल्न नगरवासीको आग्रह

 

नारायण नगरपालिकाले हरेक वर्ष नगरका बासिन्दाहरुबाट बिभिन्न बाहनामा कर असुल गर्ने गर्दछ । असुल गरेको कर अनुसार नगर सफाई भने उल्लेख्य मात्रामा भएको देखिदैन् ।
बजार सफाई अभियानलाई बिगत दुई वर्षदेखि निरन्तरता दिदै आएका बिभिन्न निकायहरु सँगै सदरमुकामका दुई युवाहरुले बेला बेलामा गरेको सहयोगले नगरको सफाईमा योगदान पुगेको छ ।
दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकालाई सुन्दर सदरमुकाम बनाउने अभियानमा जुटेका दुइजना युवाहरु अहिलेपनि अग्रसर छन् ।
‘क्लिन सिटी अफ दैलेख’ अभियानमा जुटेका युवा व्यापारी राजेशकुमार हमालले नारायण नगरपालिका– १ लाई फोहोर राख्ने कन्टेनर (डस्टविन) हस्तान्तरण गरेका छन् । बजार क्षेत्रका लागि ६ वटा स्ट्याण्ड सहितको जल्ने–नजल्ने तथा कुहिने–नकुहिने कन्टेनर हस्तान्तरण गरिएको अर्का अभियान्त एवं पत्रकार अभिषेक अनुरागले जानकारी दिएका छन् ।
नारायण नगरपालिका– १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई सामान हस्तान्तरण गरिएको छ ।
नगर क्षेत्रमा बुझिएका नालि खोल्ने फुर्सद छैन नगरपालिकालाई
नगरपालिकाले अहिले पनि नगर भित्रका बिभिन्न क्षेत्रमा बुझिएका नालिहरु खोल्न सकेको छैन् । स्थानीय बासिन्दाहरुले वर्षको अनिवार्य रुपमा रक तिर्ने गरेका छन् तर भत्केका नालिको व्यवस्थापन, अहिले सम्म हुन सकेको छैन् । गणेशचौकमा रहेको नाली दिनहुँ भरिन थालेपछि स्थानीय आफैले सफा गर्नुपर्ने अवस्था आएको छ । सम्पूर्ण गणेशचौकको पानी जाने उद्योग वाणिज्य संघ नजिकै नालि बुझिएको भन्दै एक महिनासम्म स्थानीय गुनासो गरेपछि तीन दिन अघि मात्र सडक छेऊमा पुरिएको नालि सफा भएको छ । नगरपालिकाले कर उठाउने सफा गर्ने भाँडा अरुले दिनुपर्ने, अन्य कामहरु पनि अरुलेनै गरिदिनुपर्ने भएपछि नगरपालिकाको काम नभएको प्रतिक्रिया स्थानीयले दिएका छन् । दैलेख सदरमुकाम बजारमा बाह्य तथा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति हुने र बजारको पीच हरेक वर्ष गरिन्छ पुनः भत्किन्छ । यो वर्ष टाल्ने कार्यक्रम पनि नगरपालिकाले नगरेपछि अहिले रातो माटो हालेर खाल्डा पुरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार