नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा संचालित तीन महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखको व्यवस्थापनमा संचालन गरिएको तालिम २०७७ साउन २२ गते सम्पन्न भएको छ ।
२०७६ पुष महिनाको २५ गते देखि संचालन भई चैत्रको २५ गते सम्पन्न हुनुपर्ने तालिम विश्वभर फैलिएको कोरोना भाइसरसका कारण ढिलो भएको नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका मुख्य सचिव तथा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् दैलेखका अध्यक्ष खगेन्द्र पुन मगरले बताए । सीप सिके कोही पनि विदेशिनु नपर्ने र आफ्नै ठाउँमा केही गरेर बस्न सक्ने भएकाले सबैले सीप सिक्नु अनिवार्य भएको पुनले बताए ।
बेरोजगारी भएका आदिवासी जनजाति महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर गराउन सीप मुलक तालिम दिएको पनुले बताए ।
अहिले पनि अधिकाँश महिलाहरु पुरुषको भरमा जीवन गुजारा गुर्नुपर्ने बाध्यता भएका कारण विशेष गरेर जनजाती महिलाहरुलाई आत्म निर्भर बनाउन तालिम आयोजना गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य कमला थापा मगरले बताए ।
अहिलेको समय प्राविधिक युग भएकाले महिलाहरुलाई सिलाई कटाई तालिम मात्र होइन अन्य प्राविधिक सीपहरुको तालिम पनि दिनुपर्ने राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कर्णाली प्रदेशका अध्यक्ष मनसरा थापा मगरले बताए बताए । सिलाई कटाई तालिममा जम्मा २० जना मात्र महिलाको उपस्थिति भएकाले आगामी दिनमा महिलाहरुको सभागिता बढाउन प्रशिक्षक तिलसरा रोका मगरले आग्रह गरेकी छन् ।
एक बहादुर राना, लाल बहादुर गुरुङ्ग, रमा थापा, कृष्ण बहादुर श्रेष्ठ, राम बहादु माझी, झलक थापा मगर, तीर्थ भण्डारी, धर्म थापा मगर लगायतका अतिथिहरु उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महसंघ समन्वय परिषद दैलेखको सभाहलमा खगेन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।






