दुबै मृगौला फेल भएपछि आमाको उपचारमा बुवा काठमाडौं

धमाका दैनिक
दैलेख कार्तिक ४ ।
दैलेखको नौमूले गाउँपालिका वडा नं. १ तोलीमा बसोवास गर्दै आएका मनिलाल बि.क. र उनकी श्रीमती रिमा बि.क., गाउँको घर जग्गा बिक्रि गरेर बिगत ७ वर्षदेखि दैलेख सदरमुकाममा बस्दै आएका छन् । बिगत ५ वर्षदेखी सुगरको समस्याले थलिएकी मनिकलाका श्रीमन दैनिक ज्याला मजदुरी गरेर परिवारको लालन पालन गरिरहेका छन् ।
मनिलालका ४ छोराछोरी छन् । जेठी छोरी २० वर्षको पुगिन अन्य साना भाइबहिनीहरु सानै छन् । उनको भरमा दैलेखमा रहेका अन्य ३ बालबालिकाहरु अहिले बिहान बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछन् । एक दुई दिनलाई त चामल छ तर दशैको बेलामा मिठो खानेकुरा त के भात खानलाई चामल पनि सकिएको छ ।
मलाई केही थाहा छैन्, कसलाई भन्ने कोसँग गुहार माग्ने प्रतिक्षा बि.क. गुनासो गर्छिन्, धमाका दैनिकमा आएर उनले पोखेको यो गुनासो निकै दर्दानाक छ । बुवाले १० हजार मात्र लिएर काठमाडौं जानुभएको थियो, कोरोनाको डरले गाडीमा भन्दा प्लेनमा सजिलो होला भनेर प्लेन चड्दा रकम सकिसक्यो अहिले काठमाडौंमा उपचार गर्न निकै समस्या छ ।
उपचार गरेर ठिक हुन्छ कि भनेर भारत लिनुभयो, सुर्खेत हुँदै नेपालगंजमा पनि उपचारका लागि लिनुभयो तर निको भएन अहिले दुबै मृगौला फेल भएको भनेपछि काठमाडौं टिचिङ्ग हस्पिटलमा उपचारका लागि जानुभएको छ । पैसा भए सम्भव छ नभए आमा बचाउन नसकिने अवस्था भएको भन्दै छोरीले दैलेखबाट सहयोगको अपिल गरेकी छन् ।
सहयोगको अपिल
दुवै मृगौला फेल भएर आर्थिक अभावले उपचारमा समस्या भएकी रिमा बि.क.ले आफुलाई बचाईदिन सहयोगको अपिल गरेकी छन् ।
मलाई मेरा छोरा छोरीले मृगौला दान गर्न तयार छन् तर रकम अभावले समस्या भएको छ । फोनमार्फत रिमाले गरेको गुनासो गरिन्, उनलाई सहयोग गर्ने निकायहरुले राष्ट्रिय बाणिज्य बैकको खाता नं. ४०१०१०००२३०८००१० मा रकम जम्मा गरिदिन रिमाका परिवारले अपिल गरेका छन् ।
म आमालाई मृगौला दान गर्ने थिएँ तर पैसा छैन् ।
उनको उपचार काठमाडौंमा गर्नका लागि अहिलेनै पैसा छैन्, दुवै मृगौला फेल भएपछि नियमित रुपमा गर्नुपर्ने डायलासिसका लागि पनि कसैले सहयोग गरिदिएमा मात्र आमाको मुख हेर्ने पाउने थियौं भाई बहिनीहरु दिनरात आमा भनेर रुन्छन्, बिक्रि गर्नलाई घर जग्गा केही छैन् । सदरमुकाममा भाडामा बसेका छौं भाडा तिर्ने पैसा पनि छैन् । म आमालाई मृगौला दिन तयार छु तर मेरो आमालाई सरकारले निःशुल्क रुपमा मृगौला प्रत्यारोपणको व्यवस्थापन गरिदिएको भए म आमालाई बचाउँनेथिएँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार