कोरोना पुष्टि भएका ८७ वर्षीया वृद्धको मृत्यु

दैलेखः दैलेखका एक जना कोरोना संक्रमितको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुरास गाउँपालिका–५ का ८७ वर्षीय पुरुष छन् ।
उनलाई सास फेर्न कठिनाई भएपछि मंसिर १५ गते प्रदेश अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो । उनलाई त्यसै दिन कोरोना पुष्टि भएको थियो ।
अस्पताल भर्ना हुने समयमा अक्सिजनको मात्रा ८५ प्रतिशत रहेको र उपचारका क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।
उनको शरीरमा चिनीको मात्रा धेरै रहेको महाशाखाले जनाएको छ । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टिपछि मृत्यु हुनेको संख्या २१ जना पुगेको जनाएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार