पुस २१, दैलेख
पार्टी कामको लागि काठमाडौंबाट दैलेख आउँदै गर्दा बवई नजिक जीप दुर्घटनामा परी घाइते भएका पूर्व जलस्रोत राज्य मन्त्री बिनोद कुमार शाह र उहाँकी धर्मपत्नी जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । अन्य घाईतेहरु सुर्यबहादुर शाही, पदमबहादुर माझि लगायतको अवस्था सामान्य भएका कारण नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ ।
नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कामको सिलसिलामा काठमाडौंबाट दैलेख आउँदै गर्दा दुर्घटनामा परेका हुन् । सबै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै नेकपा दैलेखले बिज्ञप्ति जारी गरेको छ ।









