
दैलेखः हाम्रो देश हावापानीको दृष्टिमा एकै किसिमको नभै समयनुसार परिवर्तन हुँदै जाने गर्दछ । हाम्रो देश मा मुख्य गरि २ मौसम परिवर्तन हुन्छ । एउटा बर्खा र अर्को हिउदे सिजन । बर्खाको समयमा अत्याधिक पानी र ठाउँ अनुसार गर्मी धरै वा ठिक्क को हुने गर्दछ भने हिउदमा चिसो र सुख्खा हुने गर्दछ । चैत्र देखि साउन सम्म गर्मी सहित पानी झने गर्द्छ भने भदौ देखि फागुन सम्म मौसम सुख्खा र चिसो हुने गर्दछ । नेपाल को हवापानी परिवर्तन सँगै समयनुसार स्वास्थ मा परिवर्तन सँगै स्वास्थ समस्य पनि देखिन थाल्छ ।
हाम्रो देशको तराइ भागमा गर्मी समयमा उच्च गर्मी र चिसो समयमा उच्च चिसो सहित सितलहर परेर जनजिवनमा प्रतिकुल असर परेको हुन्छ । तेस्तै चिसो मौसममा पनि हिमाली भेगमा अत्याधिक चिसो सहित हिमपात ले जनजीवन मा धरै ठूलो प्रभाव परेको छ ।
बर्तमनमा समयमा नेपाल हिउँदेको समय सँगै हावापानी मा पनि परिवर्तन हुँदै गएको छ । अहिले हिमाल हुँदै तराई सबै तिरको वातावरण चिसो र सुख्खा भयको छ । हिमाली भेगमा भने हिमपात सँग उच्च चिसो भयको छ भने तराइभेग मा भने सितलहर सँगै उच्च चिसो भएको छ, भने पहाडी भेगमा भने वातावरण जिबजन्तुले सहन मिल्ने खाल छ ।
हाल चिसो बढे वा हिमपात परे सँगै वातावरण पनि सुख्खा र जीवन प्रतिकुल छैन । यसरी बढ्दै गयको उच्च चिसो सँग मानिसलगायत जिबजन्तुको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्दै गएको छ । यो चिसो मौसम मा मानिसको स्वास्थ्यमा ठूलो असर पर्दै जाने गर्दछ । मुख्य रुपमा मानिसको छाला (कपष्ल) मा असर पर्ने हुन्छ । मानिसको छाला सुख्खा हुने, फुट्ने जस्ता समस्याको साथै फङ्गस इन्फेक्सन्न ( ागलनगक ष्लाभअतष्यल) ले सताउने गर्दछ ।
चिसो मौसममा मानिस लगाएत जिवजन्तुमा निम्नलिखित समस्यहरु देखा पर्न थाल्छ ।
¨ चिसो मौसममा बाहिरको वातावरण मानिस सँग अनुकूल नहुने हुँदा , मानिसको रोग सँग लड्ने क्षमता मा कमि हुने हुँदा र वातावरण जिबाणुको लागि अनुकूल हुन्च्छ र वातावरणमा विभिन्न जिबाणुहरु फिलिएको हुन्छ र मौसमी फ्ल्युको चाप भयको ले मौसमी फ्ल्युको संक्रमण हुने डर हुन्छ ।
¨ छाला सुख्खा भै फुट्ने हुने गर्दछ ।
¨ चिसो समयामा चिसोको कारणले शरिरको नसाहरु खुम्चिने हुनाले रगतलाई सबै तिर पठाउन मुटुले आफ्नो सामान्य गती भन्दा धरै चाप दिनु पर्ने हुन्छ यसरी चाप दिदा कहिले हतै हृदयघातको समस्य पनि हुने गर्दछ ।
¨ मौसमी फ्लूको संक्रमण हुने भयकोले घाटीमा सुख्खा भै खसखसाउने जस्तो समस्य देखा पर्दछ ।
¨चिसो र सुख्खा हावाले हाम्रो श्वास फेर्ने नलिहरुलाई खुम्च्याउदै जाने र श्वास फेर्न समय आउने छिटो छिटो श्वास हुने समयले गर्दा चिसो मौसममा दमको समस्यको बिरामिलाइ पनि उच्च जोखिम हुने गर्दछ ।
¨ फङुस (ागलनगक) जस्ता माइक्रोओर्गानिजमको लागि चिसो मौसम अनुकुल हुने भएकोले छाला तथा रौ को जडोमा ागलनगक ष्लाभअतष्यल हुने गर्दर्छ ।
¨ नसा सम्बन्धि वा प्यारालाइसिस को समस्य बढी हुने ।
बच्ने उपायहरुः
चिसोबाट हुने सम्पूर्ण समस्यबाट बच्न तल भनिए बोमोजिमको कुराहरु पालाना गर्नु पदर्छ्ः
¨ चिसोको मौसमभर तातो कपडा हरु लगाउने ।
¨ चिसोको समयमा धरै जसो बाहिर घुम फिर नगर्ने ।
¨ दम को बिरामी हरु ले आफुलाइ तातो पारी राख्ने र चिसोमा नबस्ने ।
¨ मुटुको रोगीहरुले चिसोबाट टाढा रहने र आफुलाइ न्यानो बनाइ राख्ने ।
¨ छालालाई सुख्खा हुन नदिने छालामा चिल्लो वा बोसो युक्त पदार्थ घस्ने ।
¨ सरफाइमा विशेष ध्यान दिने ।
¨ पानीपानी प्रशस्त मात्रामा खाने ।
¨ तातो र झोलिलो पर्दार्थहरु धरै खाने ।
¨ गेडागुडिको रस पिउने ।
¨ धुलो धुवाँबाट टाढा हुने ।
¨ नियमित ब्याम दिउसोको समय मा गर्ने ।
¨ यदि कुनै समस्य भय नजिकैको स्वास्थ्य केन्द्र वा अस्पतालमा सम्पर्क गर्ने ।
माथीको बुदालाई आत्मसाथ गरेर अगाडि बढे चिसो मौसमको समस्यबाट वचन सकिन्छ ।
बिरेन्द्र प्रसाद न्यौपाने
मेडिकल ल्याब टेक्निशियन
नौमूले प्रथामिक स्वास्थ्य
केन्द्र ,दैलेख






