दैलेखमा कोरोना शुन्य १४ सय ८६ जनाले लगाए खोप


माघ २६, दैलेख
कर्णाली प्रदेशका दश जिल्लाहरु मध्ये पहिलो कोरोनाका बिरामी फेला परेको दैलेख कोरोना मुक्त भएको छ । गत जेठ ५ गते जिल्लाको आठबिस नगरपालिका–१ को सातलाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो ।
११ वटा स्थानीय तह रहेको दैलेखमा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि ६ जनाको मृत्यु भएको र हाल दैलेखमा कोरोनाका बिरामीको दर शुन्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रशाद रेग्मिले जनाए ।
यस्तै दैलेखमा १४ सय ८६ जनाले पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाएका छन् । सरकारको लक्ष्य अनुसार पहिलो चरणमा स्वास्थ्य कर्मी, सुरक्षाकर्मी लगाएत गरी १४ सय ८६ जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
पहिलो चरणमा खोप लगाउँने मध्ये ८ सय ८६ जना महिला र ६ सय जना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रशाद रेग्मीले जानकारी दिए । उनले दोस्रो चरणको खोपका लागि जिल्लामा हालसम्म कुनै परिपत्र नआएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार