पाठेघर खसेका २६ महिलाको अप्रेशन


फागुन २६, दैलेख
पाठेघर खस्ने समस्या भएका २६ जना महिलाको निःशुल्क अप्रेशन गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा नौ दिनसम्म सञ्चालन भएको शिविरबाट २ सय ६० जना महिलाले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनमा सञ्चालन भएको शिविरमा कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्त्रीरोग विशेषज्ञ डाक्टर राजीव शाह लगायतको टोलीले सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार