
फागुन २७, दैलेख
दैलेखको नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । दक्षिण कोरीयामा रहेका नेपालीहरुद्धारा संकलन गरेर पठाईएको रकम बिहीवार हस्तान्तरण गरिएको हो ।
नारायण नगरपालिका–१० भवानीका बखतबहादुर थापाको संयोजकत्वमा सुर्खेतका तुलस गुरुङ, कालिकोटका ललितजंग राना, दैलेखका आइपी लामिछाने, सुर्खेतका ललित थापा, सुर्खेतकै लक्ष्मीनारायण बस्नेत, दैलेखका बामदेव गौतम, भोजपुरका सन्तोष ताम्लिङ राई, सुर्खेतका महेश महतरा, पोखराका प्रविन पौडेल, मोरङका रोजन विक, सोलुखुम्बुका साजन राई, सुर्खेतका प्रेम विसीले सहयोग रकम संकलन गरेर पठाएको ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका बिच भरतका छोरा र छोरीको रोहबरमा भरतका भाई दुर्गबहादुर सिजालीलाई सहयोग रकम ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । दैलेखमा लामो समय देखि समाजसेवामा लागिपरेका लोकन्द्र जिसी कुमारले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी तथा कलाकार लोकेन्द्र जिसी कुमारले भरतबहादुर सिजालीको उपचारमा आर्थिक अभाव भईरहेको समाचार पढेपछि दक्षिण कोरीयामामा रहेका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेको बताए ।
‘मैले उहाँहरुलाई गरेका आग्रहलाई सहर्ष स्वीकार गरेर सिजालीको उपचार खर्च स्वरुप ४० हजार सहयोग पठाईदिनुभयो, हामीले भरतको परिवारलाई हस्तान्तरण गरेका छौं,’ जिसीले भने । उनले भरतको उपचारका लागि सहयोग रकम पठाउने बखत थापा लगाएत सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।
नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात मेरुदण्डका बिरामी (प्यारालाइसिस) ले थला परेका छन् ।









