चैत्र २०, काठमाडौं
शुक्रबार एक सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५ सय ६५ जनामा गरीएको स्वास्थ्य परीक्षणमा उक्त संख्यामा कोरोना कोरोना पुष्टि भएको हो ।
यस्तै शुक्रबार कूल १ सय ११ जना निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १ सय ६ जना संक्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना संक्रमित भएका छन् ।
यस्तै छिमेकी देश भारतमा कोरोनाको थप संक्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ । सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।
सरकारले बेलहिया रुपन्देही, गयाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपलिवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ । परीक्षणअनुसार पोजेटिभमध्ये संक्रमण दर चार प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने शुक्रबार सम्म कूल १७ लाख ९१ हजार ६ सय ६ जनाले कोरोनाको खोप लगाएका छन् ।






