दैलेखमा कोरोना जोखिम बढ्यो, एकै दिन तीन जनामा संक्रमण

बैशाख ३, दैलेख
लामो समयसम्म कोरोना संक्रमण शून्य भएको दैलेखमा नयाँ वर्षको आगमनसँगै कोरोना संक्रमणको जोखिम बढेको छ ।
बिहीबार दैलेखमा तीन जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रवार थप १ जनामा संक्रमण देखिएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनीमा एक जना, नारायण नगरपालिकामा एक जना र भारतबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
संक्रमित मध्ये दुई जनालाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै घरमा पठाइएको छ भने एक जनालाई स्वास्थ्य सेवा कार्यालय दैलेखको आइसोलेसन कक्षमा पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । यसपालिको कोरोना कडा संक्रमणको देखिएकोले सबैलाई सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ ।
दैलेखमा सबै स्थानहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले आह्वान गरेको छ । विशेष गरेर विद्यार्थीहरुलाई सुरक्षित राख्न सबैलाई आग्रह गरेका छौँ । हरेक वडाका वडा अध्यक्षहरूलाई आफ्नो वडामा भारतबाट आउने व्यक्तिहरूलाई न्यूनतम दश दिनसम्म होम आइसोलेसनमा बस्न र बिरामी भए तत्काल उपचारका लागि स्वास्थ्य कार्यालय आउने वातावरण तयार गर्नका लागि आह्वान गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।त्र

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार