दैलेख १७, दैलेखमा कोरोना संक्रमणको दर दिनप्रतिदिन तीव्र बन्दै गएको छ । दैलेखमा बिहीबार २२ जनामा संक्रमण देखिएको छ । जिल्लाभर ९० जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी समेत कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा शुक्र वारबाट बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
आजैदेखि आकस्मिक बाहेकका ओपिडी सेवा बन्द गरेका छौँ । कोरोना संक्रमण बढ्दै जान थालेको र स्वास्थ्यकर्मीहरुनै संक्रमणको जोखिममा देखिएपछि थप फैलन नदिन यस्तो काम गरिएको र सबैले सचेत र सुरक्षित रहन आग्रह गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्लामा अक्सिजनको व्यवस्थापनका लागि कोटेसन खोली सकेको र सोही अनुसार काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।









