सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन

सुर्खेत ः कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि अक्सिजन प्लान्ट सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले चासो देखाएको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमनका बेलामा आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग समस्याको जानकारी सँगै नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको बिषय उठेपछि प्रदेश सरकारले सञ्चालनमा नआएको अक्सिजन प्लान्ट पुनः सञ्चालनका लागि चासो दिएको थियो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको छ । केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम हुने भएको छ । यसले श्वासप्रश्वासका बिरामीलाई राहत हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार