शनिवार १ सय ८९ जनामा कोरोना पुष्टि

काठमाडौंः शनिवार देशभर थप १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार सात हजार ९ सय ९७ को पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै शनिबारसम्म नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २५ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ९३ पुगेको छ ।
शनिवार थप २ सय ५० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै शनिबारको अवधिसम्म संक्रमणमुक्त हुनेको संख्या आठ लाख आठ हजार ६ सय ३ पुगेको छ ।
यस्तै, शनिवार कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, शनिवार एक लाख ११ हजार ९ सय ३८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय २८ रहेको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार