मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

काठमाडौंः मंगलबार देशभर थप दुई हजार ४ सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६ सय ४८ जनाको पीसीआर र चार हजार ३ सय ८५ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार ३ सय १३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख १४ हजार ७ सय ९८ पुगेको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिदा आठ लाख ३५ हजार ९ सय २७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९ सय ६७ संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख ४८ हजार २ सय ३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ६५ हजार २ सय २८ पुगेको छ ।
मंगलबार कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक लाख ८० हजार ४ सय ५७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या नौ हजार ५ सय २२ रहेको छ । मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबारसम्मको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ पुगेको छ ।
मंगलबारसम्म भेन्टिलेटरमा रहनेको संख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८ सय ६७, संस्थागत आइसोलेसनमा ६ सय ५५ र क्वारेन्टिनमा १ सय १३ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार