
दैलेखः आर्थिक अवस्था कमजोर भएका परिवार हौं, केही समयसम्मत घरखेत गरेर भएपनि बचाउने कोशीस ग¥र्यौं अहिले सबै सकियो अव हामी गरिवहरुले बाँच्न पाउने कि नपाउने, सरकारले हाम्रो बारेमा सुन्ने त कुरै छैन् ।
दैलेखको नारायण नगरपालिका–६ की ३६ बर्षीया रत्ना सार्की र आठबीस नगरपालिका १ सात्तलाका ३७ बर्षे गणेशबहादुर नेपालीका परिवारको पीडा हो यो ।
घाँटीमा समस्या देखिएको डेढ वर्ष देखि घाँटीमा क्यान्सर देखिएपछि उनका पविार उपचारका क्रममा धेरै ठाउँमा पुगे, रत्नाका परिवारले केही रकम जुटाएर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पु¥याएको रत्नाका श्रीमान ईन्द्रबहादुर सार्कीले जानकारी दिएका छन् ।
श्रीमतीलाई दुई पटक क्यान्सर अस्पतालमा लिएर उपचार गराएँ अहिले रकम छैन्, जग्गा जमिन पनि छैन् गरिवले कसरी बाँच्ने उनको गुनासो छ ।
आठबीस नगरपालिका–१ सात्तला झुज गाउँका ३७ वर्षीय गणेशबहादुर नेपालीको आर्थिक अभावकै कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन् ।

हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराएका उनलाई आमाले
मृगौला दिन तयार भएपनि रकम छैन् ।
दुबै पक्षबाट सहयोगको अपिलः
घाँटीमा क्यान्सर भएपछि शल्यक्रिया गर्नुपर्ने अस्पतालले बताएको छ पैसा छैन् उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । सामान्य खेतीपाती र ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका रत्नाका श्रीमान ईन्द्रबहादुरले श्रीमतीको उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेका छन् । रत्नाको घरमा श्रीमानसहित दुई सन्तान छन् ।
इन्द्रबहादुरले भने तपाँईहरुको सानो सहयोगले मेरो श्रीमतीको जीवन बाच्ने आशा गरेको छु । मेघा बैक दैलेखमा रहेको खाता नं. ०१५००५९७११५५ मा ईन्द्र बहादुर सार्कीको नाममा रहेको खातामा सहयोग गर्न चाहने महानुभावहरुले सहयोग गरिदिन र ९१२५९३८०२ मा फोन गरिदिन आग्रह गरेको छु ।
बृद्ध ६९ बर्षीया सिद्ध दमेनीले छोरालाई एउटा मृगौला दान दिएर संसार देखाउँछु भन्दा पनि आर्थिक अभावले प्रत्यारोपण हुन नसक्नु निकै दुःखको कुराहो । सरकार गरिवका लागि हिजो पनि थिएन, आजपनि छैन् र भोलीपनि हुनेवाला छैन् । पीडित परिवारको गुनासो छ ।
दुईवर्षअघि नै मृगौला फेल भएको हो । त्यसयता निरन्तर डायलायसिस गरेर बाँचिरहेको छु, गणेशले भने मेरी बृद्ध आमाले मलाई बचाउन चाहनुहुन्छ तर आर्थिक छैन् ।
दैलेखका सक्रिय युवाहरुले सामाजिक सञ्जालमार्फत गणेशको उपचारका लागि रकम संकलन गरिरहेका छन् । मलाई अहिलेसम्म सहयोग गर्नुहुने सबैलाई हार्र्दीक धन्यबाद दिन चाहन्छु । अँझै पनि मलाई सहयोग गर्न चाहनुहुन्छ भने हिमालयन बैक लिमिटेडको गणेशबहादुर नेपालीको खाता नं. ००२०८७७०८०००१३ मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ गणेशले भने ।






