कोरोना संक्रमण दर घट्यो, शनिवार छ हजार संक्रमणमुक्त

काठमाडौंः पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार शनिबार १४ हजार ५ सय ६२ जनाको नमूनाको परीक्षण गर्दा चार हजार ९ सय ४ मा संक्रमण पुष्टि भएको छ । शनिबार पाँच हजार ९ सय २४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । शनिवार कोरोना संक्रमणबाट छ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ पुगेको छ ।
शनिबारसम्म कोरोनाबाट ११ हजार ७ सय ३ जनाले ज्यान गुमाएका छन् । नेपालमा शनिबारसम्म ५२ लाख नौ हजार ५ सय ९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म आठ लाख ४८ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७ सय ४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३ सय ४२ र तीन लाख ३३ हजार ८ सय ३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार