काठमाडौंः विहिबार देशभर एक हजार वढिमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ८० जनाको नमूना परीक्षण गर्दा एक हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार हजार ८ सय ८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विहिबार दुई हजार २ सय ३८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै विहिबारसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या नौ लाख ३० हजार ६ सय ७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
विहिबारसम्म नेपालमा पीसीआर विधिबाट नौ लाख ७१ हजार ४ सय ७५ र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५ सय ११ संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५३ लाख १२ हजार ४ सय ४२ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको संख्या १० लाख सात हजार २ सय ३४ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।
विहिबार कोभिडविरुद्धको खोप लगाउनेको संख्या दुई लाख २० हजार ६ सय १ रहेको भने हाल सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ । विहिबार कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । विहिबारसम्मको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।
विहिबारसम्म भेन्टिलेटरमा रहनेको संख्या जम्मा ३२ र आइसियुमा २ सय २५ रहेको छ । होमआइसोलेसनमा २७ हजार ९ सय ३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १ सय ३३ जना रहेका छन् ।
विहिबारसम्म देशभरमा सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको छ ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सात हजार १ सय ७०, ललितपुरमा तीन हजार ४ सय ३१ र भक्तपुरमा एक हजार ४ सय ६४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।






