डेंगुले थप २ जनाको मृत्यु

काठमाण्डौँ : नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म डेंगुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ ।
शुक्रबार दिनमा एक हजार ७ सय ८७ जना डेंगुु संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार डेंगुका कूल संक्रमितको संख्या ३७ हजार १ सय ३१ जना थियो । डेंगुको संक्रमण शुक्रबारसम्म ७७ जिल्लामै फैलिसकेको छ ।
यस्तै, नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
यही अवधिमा २६ जना संक्रमित निको भएका छन् । पछिल्लो एक दिनको अवधिमा २ लाख ६ हजार ६ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । शुक्रबारसम्म देशभर ६ सय ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार