दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले लागु औषध प्रयोग गरिरहेको अवस्थामा दुई जना र अभ्रद व्यवहारमा एक जनालाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका वडा नं. १ पुरानो बसपार्क स्थित जयदुर्गा होटलको दोस्रो तलाको दक्षिण तर्फको कोठामा लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरी दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीले ब्राउन सुगर ४५ ग्राम बरामद गरेको बताएको छ । पक्राउ पर्नेमा शंकर भट्टराई र योगेश सिजापति रहेका छन् । दुई थान मोवाईल समेत बरामद गरेको छ । जिल्ला अदालत दैलेखबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको छ । प्रहरीले अभद्र व्यवहारमा १ जनालाई मुद्दा दर्ता गरेको छ । दैलेखको नौमूले गाँउपालिका वडा नं. ३ बस्ने २९ बर्षका बिर बहादुर खत्रीलाई नारायण नगरपालिका ६ बस्ने अनुपम आचार्यले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको छ । नारायण नगरपालिका वडा नं.३ खुर्सानीबारीमा आफु सिभिल प्रहरी भएको भन्दै पैसा असुल गरेको र गाली हैरानी गरेको भन्दै प्रहरीमा जानकारी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।






