लोकदोहोरी प्रतिष्ठान दैलेखको अध्यक्षमा विष्ट

दैलेख ः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेख शाखाको अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनबाट दैलेखमा लामो समयदेखि लोक संगितको क्षेत्रमा काम गरिरहेका यामराज विष्टलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।
अध्यक्ष विष्ट लगायत निर्वाचित सवै पादाधिकारीहरुलाई कर्णाली प्रदेश उपाध्यक्ष अविशेक अनुराग, दैलेखका लोक गाएक एवं पूर्व अध्यक्ष लोकेन्द्र जि.सी. लगायतले शुभकामना प्रदान गरेका छन् ।
निर्वाचन मण्डलका अध्यक्ष समेत रहेका लोकेन्द्र वि.सी.ले निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण सँगै प्रमाण पत्र बितरण गरिएको छ । दैलेखमा रहेका विभिन्न संस्कृतिको जगेर्ना गर्न प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्नुपर्ने कर्णाली प्रदेश उपाध्यक्ष अभिषेक अनुरागले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार