भूकम्पबाट जोगिने अभ्यास

दैलेख : भूकम्पबाट जोगिने उपायहरुको बारेमा दैलेख सदरमुकाममा अभ्यास गरिएको छ । अभ्यास सँगै विद्यार्थी र स्थानीय बासिन्दाहरुलाई रोहवरमा राखेर प्रशिक्षण समेत प्रदान गरिएको छ ।
स्थानीय त्रिभुवन माविमा गरिएको अभ्यासको आयोजना जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कालिदत्त गणका प्रमुख सेनानी सुनिल प्रसाई, प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाह, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म दैलेखका प्रमुख प्रकाश राना लगायत शिक्षक तथा विद्यार्थीहरुको अभ्यासमा सहभागिता रहेको थियो । प्रयोगात्मक रुपमा भूकम्पबाट घाईतेहरुलाई जिल्ला अस्पताल दैलेख सम्म एम्बुलेन्सकै माध्यामबाट उपचारका लागि पु¥याईएको थियो ।
दैबी प्रकोप जतिवेला पनि आउन सक्ने भएकोले बिशेष गरेर सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु सर्तक रहनुपर्ने सन्देश प्रवाह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार