पुरुष मृत अवस्थामा फेला

दैलेखः दैलेखमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेस्थित लोहरेखोलामा एक जना पुरुषको सव मृत अवस्थामा फेला परेको हो ।

सोमवार लोहरेखोलाको बिचमा मृत अवस्थामा भेटिएका पुरुषको ठेगाना नखुलेको दैलेखका प्रहरी निरीक्षक दीपक सिंह विष्टले बताए ।

पुरुष मृत अवस्थामा फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरे पछि उनको शव पहिचानका लागि स्वास्थ्य सेवा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार