दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकामा सञ्चालन गरिएको पालिका स्तरीय दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २५ सय वढिले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाकोे आयोना र नेपाल मेडिकल कलेज बाँकेको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार ५ सय ४२ जनाले सेवा लिएका हुन् ।
निःशुल्क स्वास्थ्य शिविरबाट जनरल मेडिसिनतर्फ ५ सय १६ जनाले सेवा लिएका छन् । स्त्रीरोगतर्फ ३ सय ७०, नाक कान घाँटी सम्बन्धिका २ सय ९५ जना विरामीहरुले सेवा लिएका जनाइएको छ । छाला रोगतर्फ २ सय १८ जना विरामीहरुले सेवा लिएका छन् । शिविरबाट ४ सय २३ जनाले निःशुल्क अल्ट्रासाउण्ड सेवा लिएका गाउँपालिकाका सूचना अधिकारी प्रेम बहादुर खड्काले जानकारी दिए ।
यस्तै, निःशुल्क स्वास्थ्य शिविरबाट ईसिजी (मुटु रोग) का ५५ जना विरामीहरुले सेवा लिएका जनाइएको छ । स्वास्थ्य शिविरबाट प्रयोगशालातर्फ २ सय २२ जनाले सेवा लिएका छन् । कानको सुनुवाई जाँचतर्फ ४५, ढाड तथा नसा रोगका ४ सय गरी निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार ५ सय ४२ जनाले सेवा लिएका सूचना अधिकारी खड्काले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले स्थानीय तहका नागरिकलाई सहज स्वास्थ्य पु¥याउने उद्देश्यले दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।
संघीयता पछि गाउँमा सञ्चालनमा आएका स्थानीय सरकारको दायित्व दुर्गमका नागरिकलाई सेवा पु¥याउनु रहेकाले संघीयताको मर्म अनुरुप भगवतिमाई गाउँपालिकाले भौतिक विकाससँगै सामाजिक विकास र नागरिकका समस्यालाई मध्य जनर गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खड्काको भनाई छ ।






