दैलेख : दैलेखको नौमूले गाउँपालिका २ गेरुपानीमा ट्याक्टर दुर्घटनामा परि चालक शशिराम पुन मगरको मृत्यु भएको छ । नौमूले हुँदै कालिकोट जाने सडक खण्ड मध्ये भित्रि ग्रामिण सडकमा ट्याक्टर दुर्घटना भएको नौमूले प्रहरीले जानकारी दिएको छ । ना.७ त ४४७७ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।
घटनालगत्तै कृष्ण बस्नेत सहित ५ जनाको प्रहरी टोलि घटनास्थल पुगेको र मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पठाईएको प्रहरीले जानकारी दिएको छ ।






