दैलेखः दैलेखको ठाँटिकाँध गाउँपालिका–१ नदाई तुलीकोमा र सुजी टोलमा भैँसीको मासु खाएपछि २६ जना बिरामी परेका छन् ।
शनिवार करिब दुई वर्षको भैँसीको पाडोको मासु खाएपछि बालबालिकादेखि वृद्ध वृद्धा बिरामी परेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका सिनियर अहेव धोजबहादुर थापाले बताए । बिरामी भएर आएका सबैको उपचार गरिएको र उपचारपछि घर पठाइएको थापाको भनाई छ ।
बिरामी परेका मध्ये बालबालिका र महिला धेरै छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा आएका अधिकांश बिरामीहरूमा झाडा पखाला र बान्ता हुने गरेको थापाको भनाई छ ।
उनले भैँसीको पाडो बिरामी भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन के कारणले भैँसी बिरामी थियो भन्ने कुरा थाहा नभएको थापाको भनाई छ ।






