महोत्सवको उद्घघाटन कानुन मन्त्रीले गर्ने

दैलेखः दैलेखमा यहि फागुन १७ देखि २७ सम्म सञ्चादन हुन लागेकोे कृषि, पर्यटन, व्यापार तथा प्रादेशिक महोत्सवको उद्घघाटन कानुन मन्त्री धनराज गुरुङले गर्ने भएका छन् ।

महोत्सव उद्धघाटनका लागि मन्त्री गुरुङ दैलेख आउने आयोजक संस्था उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिकले बताए । नेपाली काँग्रेसका उपसभापति समेत रहेका गुरुङ कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा रहेका छन् ।

यही फागुन १७ गतेदेखि सुरु हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले जानकारी दिए । महोत्सव अवधिभर दैलेखका पञ्चकोशी क्षेत्रको भ्रमण अवलोकनलाई विशेष प्राथमिकता राखिएको र विकासको बारेमा टक सो समेत सञ्चालन गरिने अध्यक्ष बिकले जानकारी दिएका छन् ।

दैलेखको विकास र समृद्धिका विषयमा उद्योग वाणिज्य संघले लामो समयदेखि काम गर्दै आएको र यसपालिको महोत्सवले पनि दैलेखको थप विकासका लागि प्रभावकारी काम हुने बिकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार